Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

लक डाउनमा राष्ट्रिय युवा संघ पर्साद्वारा सहयोग

spot_img
spot_img

वीरगंज । लक डाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ ।

संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने र अलपत्र परेकाहरुलाई सहयोग स्वरुप खाजा तथा खाद्यान्न समाग्री वितरण सुरु गरेको हो । युवा संघ पर्साका संयोजक मोहमद निजामुदिनको नेतृत्वमा वीरगन्जको बसपार्क, श्रीपुरको दलित वस्तीमा आज खाद्यान्न वितरण गरेको छ ।

युवा संघ पर्साले सामाजिक सञ्जाल फेसबुकमा सम्पर्क नम्बर नै राखेर खाद्यान्न सहयोगको अभियान नै थालेको हो । फेसबुकमा राखेको नम्बरमा खाद्यान्न अभाव भएको भन्ने कुनै जानकारी आए जहाँ खाद्यान्न अभाव भएको हो त्यही खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको पनि संघका पर्सा जिल्ला संयोजक मोहमद निजामुदिनले बताउनुभयो ।

सरकारले लक डाउन गरेकाले घरबाट बाहिर निस्कन सहज नहुने यो अवस्थामा खाद्यान्न अभाव हुनेलाई घरघरमै पुगेर युवा संघले सहयोग गर्ने उहाँले बताउनुभयो ।

भोकै र अलपत्र परेका व्यक्ति जो कसैले देखे आफूहरुलाई जानकारी दिन पनि युवा संघ पर्साले सामाजिक सञ्जाल मार्फत नै आह्वान गरेको छ ।

युवा संघ नेपालको केन्द्रीय सदस्य अरुण यादव, विमल पौड्यल, विकास रौनियार, पर्सा सह–संयोजक ओम प्रकाश गुप्ता लगायतको टोलि खाद्यान्न वितरण कार्यमा खटिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...