Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

विद्यार्थी नेता बर्णवालद्वारा मजदुरहरुलाई खाद्यान्न सामग्री सहयोग

spot_img
spot_img

वीरगंज । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड-१९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउन सराहनीय छ । जनताको स्वास्थ्यलाई क्याल गर्दै संक्रमणलाई थप फैलनबाट रोकथामका लागि सरकारले लगाएको लकडाउनमा सबैको सहयोग आवश्यक छ तर लकडाउनले हामि शुरक्षित भएपनि दिनहु ज्यालादारी गरे आफ्नो पेट पाल्न मजदुर र निम्न वर्गका व्यक्ति भने भोकमरीको चिन्ताले विलिन छ । दिनभरि मिहिनेत ह गरेर आफ्नो परिवार पाल्ने मजदुर, रिक्सा चालक, खलासीलगयात निम्न वर्गका व्यक्ति कोरोनाले दोहोरो मारमा परेका छन् ।

यस्तै निम्नवर्गका गरिब र निमुखाका शुक्रबार सहयोग गर्दै केहि स्थानीय युवाहरुको टोलि विरगञ्जको सडकमा देखियो । हातमा खाद्यान्न बस्तुको पोका बनाएर विभिन्न व्यक्तिलाई बाडिरहेको दृश्यलाई देखेर सडकका व्यक्ति प्रफुल्लित भएका थिए ।

लकडाउनले गर्दा दिनचर्य काट्न समस्यामा परेका इ व्यक्तिहरुलाई खाद्यान्न बाड्ने अरु कोहि नभएर पर्साका विद्यार्थी नेता निखिल बरनवालको टोलि थियो । विभिन्न समयमा गरिब र निमुखका सहयोगमा अहोरात्र खट्ने बरनवाल पुन: लकडाउन बेला उनिहरुको शाहार बनेका छन् ।

बरनवालले आफ्नो व्यक्तिगत स्तरमा विभिन्न परोपकारी व्यक्तिहरुसँग मिलेर जम्म गरेको रकमले आज लगभग ५० व्यक्तिलाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । उनले विरगञ्जको घण्टाघर, बसपार्क, माइस्थानलगयातका स्थानमा पुगेर सामग्री वितरण गरेका हुन् ।

‘हामि त् सबल छौं, दुई चार दिन नकमाई पनि खान लाउन घट्दैन तर दिनहु ज्यालादारी गरेर, रिक्सा र ठेला चलाएर, बसमा खलासीको काम गर्नेले एक दिन काम नगर उनिहरुको परिवार भोक भोकै मार्च,’ बरनवालले भने, ‘त्यसैले सबै साथि मिलेर यस्ता निम्न वर्गका व्यक्तिका लागि केहि गरौँ भन्ने सोच आएर खाद्यान्न बाडेका हौँ ।’

बरनवालले आफ्नो स्तरबाट सके सम्म गरे पनि सरकारको सहयोग अपेक्षित भएको बताए । उनले भने, ‘हामि कतिलाई नै बाडौला र कहाँ सम्म बाडौला? संक्रमणको बेला यात्रा गर्न पनि कठिन छ, सामग्री पनि त्यति मात्रामा उपलब्ध छैन । सरकारलाई कुनै कदम उठाउनु पर्यो, सरकारले केहि नगरे गरिव कोरोना भन्दा पनि भोकले मर्छन ।’

समाजवादी विद्यार्थीका केन्द्रिय सदस्य समेत रहेका बरनवालले लकडाउनको अन्त्य नभए सम्म आफुले यसरिनै सहयोग गरिराख्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...