Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

स्वास्थ्यकर्मीको लागि ५० लाखको बिमा गर्न संसाद यादवको माग

spot_img
spot_img

वीरगंज । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड-१९ लाई जित्न अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र डाक्टरको शुरक्षाको ग्यारेण्टि गर्न प्रतिनिधिसभा सदस्य प्रदीप यादवले माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य यादवले शुक्रबार एक प्रेस विज्ञप्ति जारि गर्दै कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि देश भरमा खटिरहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षाका सवालमा संघीय सरकर, प्रदेश नम्बर २ सरकार, स्थानीय तह सरकार र सम्बन्धीत सबै निकायको ध्यानाकर्षण गरेएका छन् ।

सांसद यादवले प्रेस विज्ञप्तिमार्फत कोरोना संक्रमणबेला ग्राउण्ड जिरोमा काम गरिरहेका डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुको ५० लाख बराबरको जीवन विमा गराउने माग गर्दै
सबैलाई बिश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसारको सुरक्षित पहिरनको उपलब्ध गराउन समेत सरकारसँग माग छन् ।

त्यसैगरी उनले सरकारलाई शहर ठुला अस्पताल देखि गाउँका स्वास्थ्य संस्थाहरुमा सम्ममा मास्क, सेनिटाइजर र सुरक्षित पोषाकहरु उपलब्ध गराउन आग्रह गरेका छन् । कोरोना महामारी बिरुद्ध खटि रहेका हरेक डाक्टर तथा स्वास्थ्यकर्मीहरुले चिन्तामुक्त भएर काम गर्न वातावरण सृजना अग्रण संसाद यादवले उनिहरुको घरमै दैनिक उपभोग्य बस्तुको आपुर्ती सुनिश्चित गर्न सुझाव दिएका छन् ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका संसाद यादवले डाक्टर र स्वास्थ्यकर्मीहरुसंग अप्रिय ब्यवहार गर्ने व्यक्तिलाई समेत दण्डित गर्नु पर्ने अनुरोध गरेका छन् ।

उनले विज्ञप्ति मार्फत चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन यस्ता निर्णय आवश्यक रहेको बताएका छन् । ‘उसै पनि नेपालमा चिकित्सकीय जनशक्ति कम रहको र नीजि अस्पतालमा रहेका जनशक्तिको यतिखेर उपयोग हुन पाएको छैन ।

अहिले महामारी बिरुद्ध खटिरहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन र सम्मान स्वरुप यि कदमहरु अबिलम्ब रुपमा अनिवार्य रहेको सबै सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउदछुँ । साँथै नीजि अस्पतालमा रहेको जनशक्ति, संरचना र साधनहरुको यस घडिमा सद्उपयोगको लागि अबिलम्ब नीतिगत निर्णय गर्न सरकारसंग माग गर्दछुँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...