Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पोखरिया नपाको एम्बुलेन्स सेवा निशुल्क, समस्या परे वडाध्यक्षलाई भन्न आग्रह

spot_img
spot_img

पर्सा । पोखरिया नगरपालिकामा आज आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले आज देखि एम्बुलेन्स सेवा निशुल्क गर्नुको साथै विभिन्न निर्णय गरेको छ ।

कोरोना भाइरसको समस्या समाधान नहुनजेल सम्मको लागि एम्बुलेन्स सेवा निशुल्क गरिएको मेयर दिपनारायण रौनियारले बताउनु भयो । यस्तै बैठकले खाद्यान्न सामग्री बिक्री वितरणको लागि किराना पसल मुल्य सुची सहित विहान ६ बजे देखि ९ बजे सम्म खोल्ने र तरकारी बिक्री वितरण दिउसो २ बजे देखि ५ बजे सम्म मात्र गर्ने निर्णय गरेको हो ।

खाद्यान्न र तरकारी बिक्री वितरण गर्दा ३-३ फिटको दुरीमा ग्राहकलाई राखी गर्ने समेत निर्णय भएको मेयर रौनियारले वताउनु भयो । अहिलेको संकटको अवस्थामा कसैलाई कुनै किसिमको समस्या परे आ आफ्नो वडाध्यक्षलाई जानकारी गराउन बैठकले आग्रह समेत गरेको छ ।

मेयर रौनियारको अध्यक्षतामा बसेको बैठकमा उपमेयर सलमा खातुन, इलाका प्रहरी कार्याल पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंह, सशस्त्र प्रहरी बल पोखरियका प्रहरी निरिक्षक हरि सिंह बिष्ट र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...