Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

गरिव र निमुखालाई निःशुल्क दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन संसाद यादवको माग

spot_img
spot_img

वीरगञ्ज । कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा संघीय सरकर, प्रदेश नम्बर २ सरकार र स्थानीय तहलाई प्रभावकारी ढंगले अगाडि बढ्न प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सुझाव दिएका छन् ।

संघीय संसाद प्रदीप यादवले बिहिबार एक प्रेस विज्ञप्ति जारि गर्दै कोभिड-१९ नियन्त्रणका लागि तिनै तहको सरकारको प्रभावकारी भुमिकाको आवश्यक रहेको बताएका छन् । उनले प्रदेश नं. २ मा कोरोना संक्रमणलाई रोक्न स्थानिय सरकार तथा जनप्रतिनिहरुको सक्रियता र सहयोगमा प्रभावकारी क्वारेन्टाइन केन्द्रहरुको स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसंग माग गरेका हुन् ।

सांसद यादवले विगतको दुइ हप्तामा विदेशबाट आएका सबैलाई नागरिकहरुलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने अभियान वडा स्तरसम्म स्थानीय तहसंग समन्वय गरेर चलाउनु अहिलेको सबैभन्दा ठुलो आवश्यकताको भएको बाताउदै तिनै तहको सरकारलाई यसमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

‘विश्वस्तरमै ठुलो महामारीका फैलिएको कोरोना रोग सङ्क्रमणले सम्पुर्ण मानवजाती नै चुनौति पुर्णका अवस्थाबाट गुज्रीरहेको छ ।

रोगको सक्रमणलाई फैलिन नदिन संघीय सरकारले लकडाउनको घोषण गरे तापनि रोगको महामारीलाई मध्यनजर गर्दै चेकजाँच र सङ्क्रमित व्यक्तिको उपचारको लागी पनि हामीलाई तयार रहनु पर्ने अहिलेको मुख्य चुनौति भएकोले कोरोना भाइरस जाच्ने ‘एनटिजेन डिटेक्सन रिएजेन्ट’ (किट) किन्न संघीय, प्रदेश सरकार र स्थानीयसँग यसै प्रेस विज्ञपितको माध्यमबाट हर्दिक आग्रह गर्दछु,’ भनेका छन्।

त्यसैगरि समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका यादवले जनताका आधारभूत आवश्यकताहरुमा तिनै तहका सरकारको सहयोग र साथ यतिखेर अपरिहार्य भएको बताउदै संघीय सरकारले देश्ब्यापी रूपमा गरेको ‘लकडाउन’ले गर्दा आम मजदुर, दैनिक ज्यालादार, सरफाइकर्मी, साना रोजगार गरेर आजीविका चलाउनेहारु, रिक्सा ठेला चालाउनेहरु, कृषि श्रमिक र गरिब तथा असहाय बर्ग समस्यामा परेको छ र घर घरमा दैनिक उपभोग्य सामग्रीको अभावको उत्पन्न दु:ख व्यक्त गरेका छन् साथै लकडाउनमा गरिव र निमुखालाई निःशुल्क दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन सरकार संग माग गरेका छन् ।

उनले मानिसहरूले बाच्नका लागि चाहिने उपभोग्य बस्तुको आपूर्तिमा आम मानिसको लागि समस्या समाधान गर्ने संयन्त्र अबिलम्ब स्थापना गर्नको सरकार संग माग गर्दै एउटा हेल्पलाईन हेल्पलाइनको स्थापना गरेर जनताको सहयोगीका रुपमा अगाडि आउन संघीय, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिएका छन् ।

प्रेस विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रदेश नम्बर २ का नागरिकहरुको जीवन रक्षाका लागि यस चुनौतिपुर्ण घडीमा प्रदेश सरकारले गरेको सहयोगी भुमिका अझ बढाउन अनुरोध गर्दछु । प्रदेश नम्बर २ का नागरिकहरुको जिवन रक्षाका लागि सहयोगी बन्न अनुरोध छ । प्रदेश नम्बर २ मानव सुचकांकको आधारमा पिछडीएको प्रदेश रहेको र रोगका कारण उत्पन्न भएको वर्तमान चुनौतीपुर्ण अवस्थामा आवश्यक स्वास्थ्य सेवाका लागि पुर्वाधार, उपकरण, प्राविधिक क्षमता र औषधी आपुर्तीमा यहाँ बिशेष ध्यान दिन आवश्यक छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...