Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सामा खाद्यान्न बिक्री वितरण ११ बजेदेखि ३ बजे सम्म हुने

spot_img
spot_img

वीरगंज । कोभिड १९ कमाण्ड पोष्ट पर्साकाे आज बसेकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ ।

कमाण्ड पोष्ट पर्साका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीकाे अध्यक्षतामा बसेकाे बैठकले खाद्यान्न बिक्री वितरण जनप्रतिनिधि तथा वडाध्यक्षहरुले निर्दिष्ट गरेका स्थान तथा पसलहरुबाट विहान ११ बजेदेखि दिउसो ३ बजेसम्मको समयअवधिमा मात्र गर्ने निर्णय गरेकाे छ ।बिक्री वितरण गर्दा कम्तिमा ३ फिटको दुरी कायम हुने गरी व्यवस्थित रुपमा लाइन मिलाउने बैठकले निर्णय गरेकाे छ ।

बैठकले नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१२।०९ गतेको वैठकबाट नेपालमा काेराेना भाइरस (कोभिड १९) संक्रमण फैलने संभावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो को रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत्र ११ गते विहान ६ बजेदेखि २०७६ चैत्र १८ गते विहान ६ बजेसम्म नेपालभर लक डाउन घोषणा गरी विभिन्न आदेशहरु जारी गरिएकोमा सन्दर्भमा लकडाउनको पालना एवं कोभिड १९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको सम्बन्धमा यस जिल्लाको समग्र अवस्था, व्यवस्था र कार्यप्रगतिहरुको समीक्षा समेत गरेकाे वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताउनु भयाे ।

यस्तै बैठकले अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीहरुलाई विशेष अवस्थामा बाहेक विहान ७ बजेभन्दा पूर्व नै कार्यालयमा पुगीसक्ने र साँझ ६ बजेपछि मात्र फर्कन लगाउने समेत निर्णय गरेकाे सरावगीले जानकारी गराउनु भयाे ।

यस्तै तरकारी तथा फलफूल सामुदायिक प्रहरी विट रहेका स्थानहरु : मिनाबजार, मुरली, ग्रिनसिटी (पुरानो बसपार्क), छपकैया, कुमालटोल, बिर्ता तथा रानीघाटबाट मात्र  बिक्री वितरण गर्ने, औषधी, खाद्यपदार्थ जस्ता अत्यावश्यक वस्तुहरु उत्पादन गर्ने उद्योग, प्रतिष्ठानहरुलाई आफ्ना कर्मचारी, कामदारहरुलाई सकेसम्म उद्योग प्रतिष्ठानभित्रै रहने बस्ने व्यवस्था मिलाउन लगाउने, कोरोना महामारी एवं लकडाउनको मौका छोपी कृत्रिम अभाव, कालो बजारी लगायतका अवाञ्छित क्रियाकलाप हुन नदिन आकस्मिक एवं नियमित रुपमा बजार अनुगमनमा जोड दिने निर्णय भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताउनु भयाे ।

लकडाउनकाे पूर्ण पालना नगर्ने व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम तत्काल नियन्त्रणमा लिई कारवाही गर्ने समेत बैठकले निर्णय गरेकाे बस्नेतले वताउनु भयाे ।

बैठकमा कमाण्ड पाेष्टका सदस्य एवं चण्डी प्रसाद गण, पर्साका प्रमुख सेनानी मदनजंग राणा, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र सिमा प्रहरी बल नेपाल, पर्साका प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर, रा.अ.जि. कार्यालय, पर्साका उप अनुसन्धान निर्देशक कुमार खड्का  लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...