Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

लकडाउनले पनि राेकन सकेन वीरगंज महानगरकाे नाला निर्माण

spot_img
spot_img

वीरगंज । लकडाउनले वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुरकाे नाला तथा सडक निर्माण कार्यलाई राेकन सकेकाे छैन ।

लकडाउन मै भवानीपुरमा नाला निर्माणकाे लागि जेसिबी मार्फत सडक अतिक्रमण हटाउनुकाे साथै खाल्डाे खन्ने कार्य भइरहेकाे छ । वीरगंज महानगरपालिकाबाट लकडाउनकाे उल्लंघन गर्दै नाला तथा सडक निर्माण कार्य भइरहेकाे स्थानियहरुले वताएका छन् ।

काेराेना भाइरस संक्रमण राेकथामकाे लागि नेपाल सरकारले चैत ११ गते मंगलबार ६ बजे देखी देश भरी नै लकडाउनकाे घाेषणा गरेकाे छ । साेही दिन देखी वीरगंज लगायतकाे पर्साकाे सम्पूर्ण सडक सुनसान छ, अति आवश्यक काम वाहेक काेइ घर बाहिर निस्कन पाएका छैनन् । तर त्यसकाे प्रभाव  भवानीपुरमा देखिएकाे छैन ।

बिशव भरी नै महामारीकाे रुपमा फैलीरहेकाे काेराेना संक्रमणबाट बाच्न नेपाल सकारकाे निर्देशन सबैले पालना गरि रहदा भवानीपुरमा जनप्रतिनिधिबाटै त्यसकाे उलंघन भइरहेकाे छ । सरकारले चैत ९ गते आइतबार देखी नै अति आवश्यक काम वाहेक सम्पूर्ण कार्यालयकाे कामकाज बन्द गर्न निर्देशन दिए त्यसकाे पालन समेत वीरगंज महानगरपालिकाबाट भएकाे छैन् ।

वडाध्यक्ष ब्रहमदेव राउत कुर्मीले २/३ जनाले काम गरिरहेकाे वताउदै सुचारु रहेकाे काम राेकने वताए । उनले भने “म बाहिर छु, २/३ जनाले काम गरिरहेका हाेलान्, लकडाउन बारे आफुलाई थाह छ । सडकमा घर परेकाहरु बखेडा गरे हाेलान्, त्यसाे भए काम राेकिन्छ । त्यहीकाे नि विकास निर्माण हुदैन्, मलाई के फरक पर्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...