Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

लक डाउनमा ग्रामिण भेग : कही सुनसान र कही भिडभाड

spot_img
spot_img

वीरगज । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि पर्साका ग्रामिण क्षेत्रका अधिकांश सडक, बजार र गाउँहरु पनि सुनसान देखिएको छ ।

पर्साको पश्चिमी भेगमा पर्ने भिस्वा, बन्जारी, जानकीटोला, पोखरिया, सबैठवा, पकहा मैनपुर, लहावरथकरी लगायतका सडक तथा बस्तीमा मानिसहरु घर बाहिर ननिस्किएपछि सुनसान देखिएको हो ।

कोरोना भाईरसबाट बच्न मानिसहरुको भिडभाड कम गर्न तथा नजिकको सम्पर्क नै हुन नदिन सरकारले आजदेखि लक–डाउनको घोषणा गरेपछि ग्रामिण बस्तीका जनता सचेत भई घर बाहिर निस्कन नसकेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सबैठवाका प्रहरी निरीक्षक टिकाराम गौतमले जानकारी दिए ।

तर, बिहानपख केही स्थानमा लक–डाउन उल्लंघन गर्दै मानिसहरु घर बाहिर निस्किए पनि केही बेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो । प्रहरी निरीक्षक गौतमका अनुसार भारतबाट आउनेलाई सम्झाई–बुझाई गरी फर्काईएको छ । आज कुने पनि नाकाबाट भारतीयलाई नेपाल छिर्न नदिई प्रबेशमा पुर्ण रुपमा रोक लगाईएको छ ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको स्वास्थ्य चौकी खेश्रहाका स्वास्थ्यकर्मी सत्रुधन गिरीले जानकारी दिनुभयो ।

लक–डाउन उल्लंघन गर्दै केहि मानिसहरु हिँडडुल गर्न थालेपछि ग्रामिण क्षेत्रको हरेक चौक चौक तथा बस्तीमा समेत प्रहरीले सम्झाइ बुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।

पकहामैनपुर गाउँपालिकाले पनि लकडाउनको पुर्ण पालना गराउन गाउँपालिका अन्तरगत १६ वटै गाउहरुमा पर्चापम्पलेट र माईकिंग समेत गरेको छ ।

कोरोना भाईरसबाट बच्न सरकारले लागु गरेको लक डाउनमा सबै जनताले साथ दिनुपर्ने लहावरथकरीका बुधिजिवी मकसुल अ‍ैसारीले बताउनुभयो । सरकारले जनताको जिउ ज्यानको रक्षा र कोरोना भाईरसबाट बच्न लक डाउन गरेर राम्रो कदम चालेको बताउनुभयो ।

यता इला प्रहरी कार्यालयले पाेखरियाले विभिन्न ठाउँमा प्रहरी खटाइ लक डाउन पालना गर्न कडाइ गरेकाे थियाे । ग्रामिण भेगकाे लंगडी, पाेखरिया, गर्दाैल, बहुअर्वा लगायतकाे ठाउँ खटेकाे प्रहरीले लकडाउनकाे पालना गर्न आग्रह साथ कडाई गरेकाे क्षलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे महुवन बजारमा भिडभाड देखिएकाे छ । लक डाउनकाे समयमा भिडभाड नगरी पालाे पालाे तरकारी खरिद गर्न सरकारले भने पनि त्याँहा त्यसकाे उलंघन भएकाे स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...