Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

लकडाउनकाे पहिलाे दिन देखी नै कालाेबजारी, प्रशासन माैन

spot_img
spot_img

वीरगंज । सरकारले कोरोना संक्रमण विरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ गरेको छ । सरकारले मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

सरकारले औषधी उपचार, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सबै कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने निर्णय गरेको छ ।

सोही क्रममा वीरगंजको मिनाबजार स्थित तरकारी बजार वडा प्रहरी कार्यालय बिर्ताको टोलीले बन्द गराउन खोज्दा सामान्य भानाभन समेत भएकाे थियाे । सरकारले खाद्यान अति आवश्यक रहेको भन्दै सो भिडभाड नगरी पालैपालो तरकारी लिन सक्ने जनाएको छ ।

तर वडा प्रहरी कार्यालय बिर्ताका प्रहरीहरुले बन्द गराउन थालेपछि वीरगंजका आलु, प्याज जस्ता खाद्यान्नहरुमा कालाबजारी सुरु भएकाे हाे । एक त लकडाउन हुनै बित्तिकै आलु, प्याज, हरियो तरकारी, ग्यास जस्ता अतिआवश्यक खाद्यान्न सामग्रीका पसलहरु बन्द भएको छ ।

खुल्ला रहेको ठाउँमा पनि प्रहरीले बन्द गराउन थालेपछि कालाबजारीयाहरुको मनोबल बढन थालेको स्थानियहरुले वताएका छन् । मिना बजारमा केही खुलेका आलु, प्याज गदीमा साविकका दर भन्दा दोब्बर दरमा विक्रि गरिरहदा प्रहरी प्रशासनले त्यस्ता कालाबजारीयाहरुलाई निरुत्साहित गर्नुको साटो झन प्रोत्साहन दिईरहेको आलु लिन गदीमा पुगेका स्थानियहरुले गुनासो गरेका छन ।

प्रहरीले आलु गदीहरु बन्द गराउन खोज्दा केही स्थानियहरु संग सामान्य भनाभन समेत भएको थियाे । सो सम्बन्धमा पर्साका प्रजिअ विष्णु कुमार कार्की संग बुझदा आफुले तरकारी बजार बन्द गर्ने कुनै निर्देशन नदिएको र सो घटना सम्बन्धमा बुझने प्रतिक्रिया दिनु भयो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...