Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

कोरोनाले त्रसित पर्सा, लकडाउनको पालना गर्दै स्थानीयवासी

spot_img
spot_img

वीरगंज । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन सरकारले आज (मंगलबा) देखी लागू गरेको लँकडाउनलाई पर्सा जिल्लावासीले गम्भीरता पूर्वक पालना गरेका छन् । छिमेकी राष्ट्र भारतमा समेत कोरोनाभाइरस तीव्र रुपमा फैलिदै गएको देखेपछि यहाँ त्रासमय भएको छ ।

छिमेकी राष्ट्रको सिमामा समेत जोडिएका कारणले संक्रमणको सबभन्दा बढी नै प्रभावित हुने सम्भावना भएकोले सरकारले लागू गरेको लँकडाउँनको निर्देशनलाई गम्भीरता पूर्वक पालना गरेका छन् । स्थानिय विहानदेखि नै घरबाट ननिस्केका कारण वीरगन्ज बजार अहिले सुनसान नै बनेको छ ।

सरकारको निर्देशनलाई पालना गराउँन जिल्लाका सुरक्षा निकाय कडाईका साथ लागेका छन् । शहरको विभिन्न चौकमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने, जागरुकताको लागि माईकबाट सूचना समेत प्रभाव गर्ने काम प्रहरीले गरिरहेको छ ।

यहाँका व्यवसार व्यवसायी, पसलहरु पूर्णरुपमा बन्द भएको छ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि स्थानिय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरीरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारहरुको लागि प्रेस उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएकालाई रिपोटिङ्ग गर्न पाउँने पर्साका एसपी गंगा पन्तले बताए ।

लकडाउनको उलंघन गर्नेविरुद्ध प्रहरी सशक्त रुपमा पनि लागि परेको पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विरेन्द्र बहादुर शाहीले बताए । उनले भने, ‘सरकारले गरेको निर्णयको उलंघन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा भन्डा कारवाही गर्ने छौं ।’

लकडाउन उलंघन गर्ने ३० वटा मोटरसाईकल पक्राउ गरी वडा प्रहरी कार्यालय विर्ताले कारवाही गरी छाडेको छ । सरकारकाे निर्देशनलाई पालना गराउँने क्रममा विर्ता नजिकै मेनरोडमा चेकजाँचमा खटेका प्रहरीले केहि स्थानियले लकडाउन उलंघन गरी मोटरसाइकल चलाएको भन्दै ३० जनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक निर्मल पनेरुले बताए ।

त्यसैगरी चार जना व्यक्ति समेत नियम उलंघन गरेको आरोपमा पक्राउ गरिएको उनले बताए । पक्राउ परेको सवैजनालाई एकपल्टको लागि सम्झाई बुझाई आफन्तको जिम्मामा छाडिएको छ, उनले भने, सम्झाउँदा पनि नियमको पालना नगरे कानुनी कारवाहीको प्रकृया नै अगाडी बढाउँने छौ ।

सरकारले भारत तथा चीनसँगको सिमानाका बन्दसँगै देशभर लागू गरेको लकडाउनका कारण सीमा क्षेत्र समेत अहिले सुनसान बनेको छ । सोमबारदेखि सरकारले नाका बन्द गरेको थियो ।

आज बिहान बिहान ६ बजे देखि चैत्र १८ गते बिहान ६ बजेसम्म देशभरी नै लकडाउन गरिएको छ । लकडाउन अवधिभर जिल्लामा खाद्यान्न, फलफुल तथा तरकारी, दुध, पानी, इन्धन, औषधि बोकेको मालबाहक सवारी साधन र एम्बुलेन्स बाहेक अन्य सवारी साधन मोटरसाइकल, साईकल, पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ ।

त्यसैगरी अतिआवश्यक दैनिक उपभोग्य गर्ने बस्तुहरु अस्पताल सेवा, स्वास्थ सस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोल पम्प, फलफुल तथा तरकारी बाहेक अन्य व्यवसाय आजदेखि चैत १८ गते बिहान ६ बजेसम्मको लागि सरकारले बन्द गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...