Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

बहुदरमाईकाे सार्वजनिक स्थलहरुमा साबुन र बाल्टिनकाे व्यवस्था

spot_img
spot_img

वीरगंज । बहुदरमाई नगरपालिकाले सार्वजिक स्थलहरुमा साबुन र बाल्टीनकाे व्यवस्था गरेकाे छ । काेराेना भाइरस संक्रमणबाट बच्न साबुन पानीले हाथ धुनकाे लागि नगरपालिका अन्तर्गतका विभिन्न चाेक र सार्वजनिक स्थलहरुमा साबुन, बाल्टिनकाे व्यवस्था मिलाइएकाे सह लेखापाल हरि राउत कुर्मीले वताए ।

यसका साथै नगर स्वास्थ्य काेष अन्तर्गत स्वास्थ्य संस्थाहरुलाई सर्जिक माक्स र साबुन वितरण गरिएकाे छ । नगरपालिका अन्तर्गतका ७ वटा स्वास्थ्य संस्थाहरुलाई २/२ सयकाे दरले माक्स, बाल्टिन र साबुन वितरण गरिएकाे लेखापाल कुर्मीले वताए ।

यता नगरपालिकाकाे मेयर छात्रवृति कार्यक्रम अन्तर्गत एमबिबिएस अध्ययनरत एक जना दलित छात्रलाई छात्रवृति वापतकाे चेक हस्तान्तरण गरिएकाे छ ।

नगरपालिकाकाे वडा नं. ८ रामनगरी निवासी मुक्ती रामकाे एमबिबिएस दाेस्राे बर्षकाे आवास खर्च वापतकाे रु एक लाख ७६ हजार ५ सय बराबरकाे चेक हस्तान्तरण गरिएकाे हाे । नगरपालिका कार्यालय बहुअरी पिडरीमा मेयर नितेन्द्र साहले राम र उनकाे आमलाई चेक हस्तान्तरण गरे ।

यस अघि पनि रामलाई नगरपालिकाले पहिलाे बर्षकाे खर्च वापतकाे रु ३ लाख ९४ हजार प्रदान गरेकाे थियाे । उनकाे एमबिबिएस अध्ययन खर्चकाे जिम्मा नगरपालिकाले लिए अनुसार रकम हस्तान्त्रण गरिएकाे मेयर साहले वताए ।

साे अवसरमा नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत राजकिशाेर साह, वडाध्यक्ष जितेन्द्र पटेल, रामरेखा सिंह, रामेश्वर साह, शिक्षा शाखा प्रमुख विदुर उप्रेती, लेखा प्रमुख उपेन्द्र साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै नगरपालिकाले आजै बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीहरुकाे पारिश्रमिक वापतकाे चेक पनि वितरण गरेकाे छ । नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयका २९ जना बालविकास सहजकर्ता र २७ जना विद्यालय कर्मचारीकाे पारिश्रमिक वापतकाे नगरपालिकाबाट प्रदान गरिने थप रु २ हजार सहितकाे निकास गरिएकाे लेखा प्रमुख साहले वताए ।

यस्तै नगरपालिकाकाे वडा नं. ३ नगरदाहा स्थित रहेकाे श्री महाविर साह माविकाे शिक्षक व्यवस्थापनकाे लागि विद्यालयलाई रु ५ लाख अनुदान प्रदान गरिएकाे छ । अनुदान रकम वापतकाे चेक विद्यालयका प्रअ मनाेज साहलाई प्रदान गरिएकाे हाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...