Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

लागु औषध गाँजा सहित पर्साका ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं. ५ पटनीबाट लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया मातहतकका प्रहरी चाैकी महुवनले आइतबार राती ९:३० बजे पटनी स्थितबाट १८ किलाेग्राम लागु औषध गाँजा सहित तिन जनालाई पक्राउ गरेकाे पर्सा प्रहरी प्रवक्ता बिरेन्द्र साहीले वताउनु भयाे ।

बिशेष सुचनाकाे आधारमा खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नं. ५ पटनी निवासी ५५ बर्षिय राधाकृष्ण राउत अहिर, सोही ठाउँ निवासी ५० बर्षिय लक्ष्मण महतो कोइरी र पकहा मैनपुर गाउँपालिका वडा नं. १ धोरे निवासी मन्द्रिका सहनीलाई नियन्त्रमा लिएकाे प्रहरी नायब उपरिक्षक साहीले वताउनु भयाे ।

तिनै जना सवार बि.आर. ०५ एफ ६५६६ भारतिय नम्बरका मोटरसाइकललाई चेकजांच गर्दा लागु औषध बरामद भए पछि मोटरसाइकल सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...