Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पटनामा भर्ना भएका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन : अस्पताल

spot_img
spot_img

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’

वीरगञ्जका उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने उनले बताए । उनले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

भारतीय टेलिभिजन च्यानलहरुले उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि परिवारबाट त्यस्तै खबर आएको बताएका थिए । सभार : अनलाइन खबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...