Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

चैत ९ गतेदेखि सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द

spot_img
spot_img

काठमाडौं– सरकारले आगामी ९ गतेदेखि सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक बन्द गरिएको जनाएका हुन्।

अत्यावश्यक सेवामा विमानस्थल,  सञ्चार,  पर्यटक,  सुरक्षा,  स्वास्थ्य,  पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु, फोहोरमैला व्यवस्थापन  र बै‌ंक बिमा क्षेत्र अनिवार्य सेवा अन्तर्गत पर्छन्।

कार्यालय  ९ देखि २१ सम्म बन्द गरिएको उनले आफ्नो सम्बोधनमा बताए। यसैगरी चैत १० गतेदेखि लामो दूरीका यात्रुबाहक बस बन्द गरिनेछन्।

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि बन्द गरिएको उनले बताएका छन्। यसैगरी सीमाबाट हुने आवागमनमा कडाइ हुनेछ। सवै यात्रुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...