Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बहुदरमाईकाे पहिलाे प्राथमिकता सडक र नाला : मेयर साह

spot_img
spot_img

वीरगंज । बहुदरमाई नगरपालिकाकाे पहिलाे प्राथमिकता सडक र नाला निर्माण भएकाे मेयर नितेन्द्र साहले वताउनु भएकाे छ ।

कालिका टाईम्स संगकाे कुराकानीमा मेयर साहले नगरपालिकाकाे विकासकाे लागि पहिलाे आवश्यकताकाे रुपमा देखिएकाे सडक र नाला निर्माण तिब्र गतिमा भइरहेकाे वताउनु भयाे । यसका साथै शिक्षा र स्वास्थ्य क्षेत्रकाे अवस्था सुधारकाे लागि पनि काम भइरहेकाे वताउनु भएकाे हाे ।

समाजिक विकास तर्फ विभिन्न किशिमकाे सिप मूलक तालिमहरु भइरहेकाे उहाँले जानकारी गराउनु भयाे । गत बर्षमा पनि ब्युटिसियन, सिलाइकटाइ लगायतकाे सिप मूलक तालिम संचालन गरिएकाे र यस बर्ष पनि भइरहेकाे साहले जानकारी गराउनु भयाे ।

मेयर साहका अनुसार वडा नं. ३ नगरदाहाँ देखी पर्सागढीकाे सिमा सम्म नाला निर्माण तथा सडक कालाे पत्र गर्ने कार्य तिब्र गतिमा भइरहेकाे छ । साढे ५ कराेडकाे याेजना अन्तर्गत २ किलाे मिटर सडक कालाे पत्र र ४ किलाे मिटर नाला निर्माण कार्य सुचारु रहेकाे छ भने त्यसकाे ५० प्रतिशत काम सम्पन्न समेत भइसकेकाे छ ।

यस्तै पदम राेड देखी बिश्रामपुर हुदै छपकैया टाेल सम्म आरसिसि सडक ढलान २ किलाे मिटर सम्पन्न भइसकेकाे छ । ढेड कराेडकाे याेजना अन्तर्गत थप २ किलाे मिटर सडक ढलान र नाला निर्माण कार्य सुचारु रहेकाे छ ।

नगरदाहा मै माेतिलाल साह तेलीकाे घर देखी चेतु पण्डितकाे घर सम्म नाला निर्माण तथा आरसिसि राेड ढलान कार्य भइरहेकाे र त्यसकाे ८० प्रतिशत कार्य सम्पन्न समेत भइसकेकाे मेयर साहले वताउनु भयाे । गत बर्ष वडा नं. ४ बहुअरी पिडरीमा नगरपालिका कार्यालय देखी राजेन्द्र यादवकाे घर सम्म पक्कि सडक ढलान समेत भएकाे उहाँले वताउनु भयाे ।

नगरदाहा मै हवाहुरीले क्षतिग्रस्त विद्यालयकाे शैक्षिक भवन निर्माण कार्य सम्पन्न भएकाे छ । गत बर्ष वड नं. २ मा जितेन्द्र पटेलकाे घर देखी बैरिया जाने बाटाे सम्म सडक ढलान तथा नाला निर्माण सम्पन्न भएकाे र यस बर्ष पनि थप काम भइरहेकाे छ ।

बहुदरमाई मन्दिरलाई पर्यटकिय स्थलकाे रुपमा विकास गर्न मन्दिर शाैन्दर्यकरण, धर्मशाला निर्माण, सेड निर्माण, शाैचालय निर्माण लगायतकाे काम भएकाे साहले वताउनु भयाे । यसका साथै नगरपालिका अन्तर्गतका जेहन्दार विद्यार्थीलाई छात्र वृत्ति समेत प्रदान गरिएकाे छ ।

नगरपालिकाद्वारा वडा नं. ८ रामनगरीका दलित समुदायका एक विद्यार्थीलाई एमबिबिएस पढन रु ५ लाख सहयाेग गरिएकाे र त्यसकाे सम्पूर्ण खर्चकाे जिम्मेवारी नगरपालिकाले लिए पनि पछि साे विद्यार्थीले कलेज टप गर्दै पूर्ण छात्रवृत्ति त्यहींबाट पाएकाेले मात्र अन्य खर्च तिर्नु पर्ने वताउनु भयाे ।

यस्तै दलित समुदायकाे एक छात्रालाई समेत कानुन पढनकाे लागि सहयाेग गरिएकाे उहाँले वताउनु भयाे । वडा नं. २ सिसियाडीकाे एक छात्रालाई कानुन अध्ययनकाे खर्च नगरपालिकाले तिर्दै आएकाे वताउनु भयाे । यसका साथै नगरपालिका अन्तर्गतका सम्पूर्ण कक्षा ९, १०, ११ र १२ का छात्राहरुलाई निशुल्क साइकल प्रदान गरिएकाे वताउनु भयाे ।

यस्तै नगरपालिका उज्यालाे अभियान अन्तर्गत सबै वडामा साेलार वत्ति जडान, खानेपानीकाे लागि चापा कल जडान लागयतकाे कार्य भएकाे वताउनु भयाे । यसका साथै गत बर्षमा एक हजार जनाकाे निशुल्क आँखाकाे सल्यक्रिया गराइएकाे र यस बर्ष पनि ६ सय जनाकाे सल्यक्रिया भएकाे मेयर साहले वताउनु भयाे ।

यसका साथै हिन्दुहरुकाे महान चाँड छठ पर्वमा दलित तथा विपन्न परिवारका छठ ब्रतालुलाई साडी वितरणकाे साथै शितलहर र चिसाेकाे समयमा कम्बल वितरण गर्दै आइएकाे वताउनु भयाे ।

नगरपालिकाले के के गर्दै छ काे जवाफमा मेयर साहले यस्ता थुप्रै कामहरु भएकाे र अहिले भइरहेकाे समेत वताउनु भएकाे हाे । उहाँले अब नगरपालिकाकाे नयाँ कार्यक्रम अन्तर्गत यस बर्ष २ जना दलित र अति विपन्न परिवारकाे नगरपालिका घर निर्माण गर्ने याेजना रहेकाे र अक्राे बर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिदै थप घरहरु निर्माण गरिने वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...