Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईकाे पहिलाे प्राथमिकता सडक र नाला : मेयर साह

spot_img
spot_img

वीरगंज । बहुदरमाई नगरपालिकाकाे पहिलाे प्राथमिकता सडक र नाला निर्माण भएकाे मेयर नितेन्द्र साहले वताउनु भएकाे छ ।

कालिका टाईम्स संगकाे कुराकानीमा मेयर साहले नगरपालिकाकाे विकासकाे लागि पहिलाे आवश्यकताकाे रुपमा देखिएकाे सडक र नाला निर्माण तिब्र गतिमा भइरहेकाे वताउनु भयाे । यसका साथै शिक्षा र स्वास्थ्य क्षेत्रकाे अवस्था सुधारकाे लागि पनि काम भइरहेकाे वताउनु भएकाे हाे ।

समाजिक विकास तर्फ विभिन्न किशिमकाे सिप मूलक तालिमहरु भइरहेकाे उहाँले जानकारी गराउनु भयाे । गत बर्षमा पनि ब्युटिसियन, सिलाइकटाइ लगायतकाे सिप मूलक तालिम संचालन गरिएकाे र यस बर्ष पनि भइरहेकाे साहले जानकारी गराउनु भयाे ।

मेयर साहका अनुसार वडा नं. ३ नगरदाहाँ देखी पर्सागढीकाे सिमा सम्म नाला निर्माण तथा सडक कालाे पत्र गर्ने कार्य तिब्र गतिमा भइरहेकाे छ । साढे ५ कराेडकाे याेजना अन्तर्गत २ किलाे मिटर सडक कालाे पत्र र ४ किलाे मिटर नाला निर्माण कार्य सुचारु रहेकाे छ भने त्यसकाे ५० प्रतिशत काम सम्पन्न समेत भइसकेकाे छ ।

यस्तै पदम राेड देखी बिश्रामपुर हुदै छपकैया टाेल सम्म आरसिसि सडक ढलान २ किलाे मिटर सम्पन्न भइसकेकाे छ । ढेड कराेडकाे याेजना अन्तर्गत थप २ किलाे मिटर सडक ढलान र नाला निर्माण कार्य सुचारु रहेकाे छ ।

नगरदाहा मै माेतिलाल साह तेलीकाे घर देखी चेतु पण्डितकाे घर सम्म नाला निर्माण तथा आरसिसि राेड ढलान कार्य भइरहेकाे र त्यसकाे ८० प्रतिशत कार्य सम्पन्न समेत भइसकेकाे मेयर साहले वताउनु भयाे । गत बर्ष वडा नं. ४ बहुअरी पिडरीमा नगरपालिका कार्यालय देखी राजेन्द्र यादवकाे घर सम्म पक्कि सडक ढलान समेत भएकाे उहाँले वताउनु भयाे ।

नगरदाहा मै हवाहुरीले क्षतिग्रस्त विद्यालयकाे शैक्षिक भवन निर्माण कार्य सम्पन्न भएकाे छ । गत बर्ष वड नं. २ मा जितेन्द्र पटेलकाे घर देखी बैरिया जाने बाटाे सम्म सडक ढलान तथा नाला निर्माण सम्पन्न भएकाे र यस बर्ष पनि थप काम भइरहेकाे छ ।

बहुदरमाई मन्दिरलाई पर्यटकिय स्थलकाे रुपमा विकास गर्न मन्दिर शाैन्दर्यकरण, धर्मशाला निर्माण, सेड निर्माण, शाैचालय निर्माण लगायतकाे काम भएकाे साहले वताउनु भयाे । यसका साथै नगरपालिका अन्तर्गतका जेहन्दार विद्यार्थीलाई छात्र वृत्ति समेत प्रदान गरिएकाे छ ।

नगरपालिकाद्वारा वडा नं. ८ रामनगरीका दलित समुदायका एक विद्यार्थीलाई एमबिबिएस पढन रु ५ लाख सहयाेग गरिएकाे र त्यसकाे सम्पूर्ण खर्चकाे जिम्मेवारी नगरपालिकाले लिए पनि पछि साे विद्यार्थीले कलेज टप गर्दै पूर्ण छात्रवृत्ति त्यहींबाट पाएकाेले मात्र अन्य खर्च तिर्नु पर्ने वताउनु भयाे ।

यस्तै दलित समुदायकाे एक छात्रालाई समेत कानुन पढनकाे लागि सहयाेग गरिएकाे उहाँले वताउनु भयाे । वडा नं. २ सिसियाडीकाे एक छात्रालाई कानुन अध्ययनकाे खर्च नगरपालिकाले तिर्दै आएकाे वताउनु भयाे । यसका साथै नगरपालिका अन्तर्गतका सम्पूर्ण कक्षा ९, १०, ११ र १२ का छात्राहरुलाई निशुल्क साइकल प्रदान गरिएकाे वताउनु भयाे ।

यस्तै नगरपालिका उज्यालाे अभियान अन्तर्गत सबै वडामा साेलार वत्ति जडान, खानेपानीकाे लागि चापा कल जडान लागयतकाे कार्य भएकाे वताउनु भयाे । यसका साथै गत बर्षमा एक हजार जनाकाे निशुल्क आँखाकाे सल्यक्रिया गराइएकाे र यस बर्ष पनि ६ सय जनाकाे सल्यक्रिया भएकाे मेयर साहले वताउनु भयाे ।

यसका साथै हिन्दुहरुकाे महान चाँड छठ पर्वमा दलित तथा विपन्न परिवारका छठ ब्रतालुलाई साडी वितरणकाे साथै शितलहर र चिसाेकाे समयमा कम्बल वितरण गर्दै आइएकाे वताउनु भयाे ।

नगरपालिकाले के के गर्दै छ काे जवाफमा मेयर साहले यस्ता थुप्रै कामहरु भएकाे र अहिले भइरहेकाे समेत वताउनु भएकाे हाे । उहाँले अब नगरपालिकाकाे नयाँ कार्यक्रम अन्तर्गत यस बर्ष २ जना दलित र अति विपन्न परिवारकाे नगरपालिका घर निर्माण गर्ने याेजना रहेकाे र अक्राे बर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिदै थप घरहरु निर्माण गरिने वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...