29.4 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

एक सय २५ सिसिकाे नयाँ पल्सर माेटरसाइकल बजारमा

पर्सा । वीरगंज बजारमा एक सय २५ सिसिकाे पल्सर माेटरसाइकल आएकाे छ । वीरगंज स्थित भारतिय राजदुतावास नजिक रहेकाे रिसभ मोटर्सले आज देखी औपचारिक रुपमा एक सय २५ सिसिकाे नयाँ पल्सर माेटरसाइकल बजारमा ल्याएकाे हाे ।

एक कार्यक्रमका बिच डेभलपमेन्ट समाज पर्साका अध्यक्ष राहुल साहले रिबन काटी तथा नयाँ पल्सर माेटरसाइकलबाट पर्दा हटाई उदघाट्न गरे । उद्घाट गर्दै साहले नेपालमा बजाजका बाइकहरू निकै चर्चित रहेकाे वताए । उनले युवादेखि पाको उमेर समूहका लागि बजाजले धेरै मोडलका बाइक बजारमा ल्याएको वताए ।

उनले भने “नेपालमा बजाज पल्सर माेटरसाइकल लोकप्रिय मानिन्छ, लोकप्रियता घट्न नदिन बजाजले विभिन्न मोडल भित्र्याइरहेको छ ।”बजाजले महंगोदेखि सस्तोसम्म, विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको उनकाे भनाई थियाे ।

उदघाट्न कार्यक्रममा रिसभ मोटर्सका संचालक संजय कुमार रौनियार, अरुण कुमार चौबे, बृजकिशोर पटेल, रूपेश साह, राज कुमार बैठा लगायतकाे उपस्थित रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:11.728 sec. Memory consumption:82.49 mb