Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नारायणी अस्पतालकाे डायलासिस सेवा बन्द, बिरामीहरु मर्कामा

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल विरगंजकाे डायलासिस सेवा बन्द हुदा बिरामीहरु मर्कामा परेका छन् । सेवा बन्द हुदा डायलासिस गराउन अस्पताल पुग्ने बिरामीहरु बिचल्लीमा परेका छन् ।

अस्पताल प्रशासनकाे लपरवाहीले सेवा बन्द हुदा आफुहरु बिचल्लीमा परेकाे पिडित विरामीहरुले वताएका छन् । दिनहु १६ देखी १८ जना सम्मका बिरामीहरु डायलासिसकाे लागि नारायणी अस्पताल पुग्ने गर्छन । हप्तामा दुई पटक गराउनु पर्ने डायलासिस सेवा अस्पतालले सुचना नै टांस गरी अनिश्चितकालकाे लागि बन्द गरेकाेले पिडित बिरामीहरु झन पिडामा परेका छन् ।

वीरगंजकाे एक मात्र सरकारी नारायणी अस्पतालकाे डायलासिस सेवा बन्द हुदा मृत्यु संग लड्न बिरामीहरु बाध्य भएका हुन् ।

अस्पतालकाे मौज्दातमा एपार्ट र बिपार्ट डायलासिस केमिकल नभएकाेले सेवा बन्द गरिएकाे अस्पतालले जनाएकाे छ । केमिकल उपलब्ध नहुन्जेल सम्मकाे लागि मिति २०७६ चैैत ५ गते देखी सेवा बन्द गरिएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

उनले भने “बजारमा केमिकल नपाएकाेले सेवा बन्द गरिएकाे हाे, केमिकल पाए पछि मात्र सेवा सुचारु गर्न सकिन्छ । नेपालकाे कुनै पनि ठाउँमा केमिकल पाइरहेकाे छैन्, पायाे भने आजैबाट सेवा सुचारु हुन सक्छ नत्र कहिले देखि हुन्छ भन्न सकिदैन् ।”

तर वीरगंज स्थित नै निजी अस्पताल र काठमाण्डाै लगायका अन्य ठाउँमा डायलासिस सेवा सुचारु रहेकाे छ । निजी अस्पतालमा एक पटक डायलासिस गराउन रु ५ देखी ८ हजार लाग्ने गर्छ भने सरकारी अस्पतालमा निशुल्क रहकाे छ ।

अन्य ठाउँमा डायलासिस सेवा सुचारु हुनु र नारायणी अस्पतालमा केमिकल अभाव हुनु अस्पताल प्रशासनकाे लापरवाही देखिएकाे पिडित बिरामी किशनाउती देबीले वताइन । उनले भनिन “केमिकलकाे प्रबन्ध त पहिला देखी नै गर्नु पर्ने हाे, सके पछि त गर्ने हाेइन नि ? प्रश्न गर्दै अस्पतालले कसैकाे जान संग खेल्वाड गर्न पाइदैनन् ।”

किशनावती जस्तै डायलासिसकाे लागि अस्पताल पुगेका सिता देवी, पुजा गुप्ता, रुमैसा खातुन, फुनेसा खातुन, आयसा खातुन, पुजा कुमारी लगायत बिरामीहरु डायलासिस नहुदा बिचल्लीमा परेका छन् ।

डायलासिस शुल्क निजि अस्पतालमा महंगाे हुदा मध्यम र गरिब परिवारका बिरामीहरु सरकारी अस्पतालकाे निशुल्क सेवा बन्द हुदा मृत्यु संग लडन बाध्य भएकाेले सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी रहेकाे बिरामीहरुकाे आफन्तजनकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...