Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

नारायणीको आइशोसन बार्डलाई सुधार्न सांसद यादवको निर्देशन

spot_img
spot_img

वीरगन्ज । कोरोना सक्रमितको लागी नारायणी अस्पालमा गरिएको तैयारीबारे सांसद प्रदिप यादवले चासो लिनु भएको छ ।

सामेबार दिउसो नारायणी अस्पतालको स्थलगत अनुगमन गर्दै क्रोना संक्रमितको लागी गरिएको पुर्व तयारीको बारेमा अस्पताल प्रमुखसगं जानकारी दिनु भएको हो । अनुगमनमा संक्रमितका लागि वीरगन्जको नारायणी अस्पतालमा स्थापना गरिएको आइशोलसन वार्ड नै फोहोर र दुर्गन्धित रहेको पाइएको छ ।

नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुइ तल्लाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शैयाको आइशोलेसन वार्ड स्थापना गरेको छ ।

आइशोलेसन वार्ड स्थापना गरिएको कोठा भित्र माकुराको जालो र फगस व्यामरुपमा दिखिए पछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट माथि पडकनु भएको थियो ।

वार्डको भुइ पनि धुलोले ढाकिएको छ । वार्डमा राखिएका बेड पनि सफा छैन ।

यस्तै आइशोलेशन वार्डमा राखिने संक्रमीतका लागि छुटटै शौचालय पनि बनाइएको छैन । शौचालयको निर्माण कार्य बल्ल अजबाट सुरु गरिएको छ ।

निरिक्षणका क्रममा आइशोलेसन वार्ड फोहोर र दुर्गन्धित देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर वार्डलाइ सफासुग्घर र स्वच्छ बनाउन अस्पतालका मेसु डाक्टर मदन उपाध्यायलाइ निर्देशन पनि दिनु भयो।

स्थलगत अनुगमन पछि सन्चारकर्मीसंग कुरा गर्दै सांसद यादवले कोरोनाको संक्रमीत राख्नका लागि अस्पतालमा स्थापना गरिएको आइशोलेसन वार्डमा चरक लापरवाही गरिएको बताए ।

उनले भने ,‘ संक्रमीतलाइ राख्न बनाइएको वार्ड नै सफा छैन , जालो र धुलोले ढाकेको छ , यस्तो कोठामा यदि कोहि संक्रमीतलाइ राखियो भने उ झन अर्कै रोगले संक्रमीत बन्छ ।

अस्पतालको पुरानो भवनमा रहेको स्टोर रुममा स्थापना गरिएको आइशोलेसन वार्ड कुनै दृष्टिले सुरक्षित नरहेको भन्दै उनले भने ,‘ वार्ड भित्र पस्ने बितिक्कै ढुसी गन्हाइरहेको छ , यसलाइ सफाइ गरेर सुधार गर्न मेसुलाइ निर्देशन दिएको छु ।

निरिक्षणका क्रममा नारायणी अस्पतालको पनि अवस्था लथालिङग भेटिएको सांसद यादवले जानकारी दिए । टर्सरी अस्पतालका रुपमा स्तरोन्नत्ती गरिएको भएपनि अस्पतालमा सेवा सुविधा थपिनुको सटटा अस्पताल झन धराशायी बन्दै गएको पाइएको उहाले बताउनु भयो ।

अनुगमनका क्रममा मेसु उपाध्यायलाइ निर्देशन दिदै सांसद यादवले अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मी कमीशन तन्त्रको कारण अस्पताल धराशायी बन्दै गएकोमा सुधार तर्फ उन्मुख हुन अस्पताल प्रमुख उपाध्यायलाई सचेत गराउनु भयो ।

जवाफमा मेसु उपाध्यायले अस्पतालको सुधारका लागि आफु लागि परेको बताउदै आउने दिमयमा सुधार आउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...