Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पटेल नगरमा सांसद यादवद्वारा छठघाटको शिलान्यास

spot_img
spot_img

वीरगंज । संघिय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को वीरगंज महानगरपालिकाकाे वडा नं. २१ पटेल नगरमा छठघाटको शिलन्यास गरेका छन् ।

पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद यादवले साेमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि छठघाटकाे शिलन्यास गरेका हुन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु १० लाखको लागतमा छठ घाट निर्माण हुने छ ।

शिलन्यास कार्यक्रममा बोल्दै सांसद यादवले मधेशी समुदायको साथसाथै पछिल्लो समय गैर मधेशीहरुले पनि छठ पूजाप्रतिको आस्था र विश्वासप्रति भावुक हुँदै छठपूजा गरेकोले समाजका अन्य धर्मावल्मबीहरुलाई एकताबद्ध राख्न पनि यसको निकै ठुलो महत्व रहेको बताए ।

खास गरि मधेशी समुदायहरुमा परम्परादेखी नै छठपूजााप्रतिको आस्था र विश्वास अटल रहेको बताउँदै उनले विभिन्न समुदायले सामूहिक रुपमा गरिने छठपर्वको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको बताए । समाजमा रहेका विभिन्न विकृति, विसंगतिलाई अन्त्य गर्न सबै समुदाय एकजुट भई विकास निर्माणको कार्यमा अगाडी बढ्नु पर्ने सांसद यादवले सुझाव दिए ।

कार्यक्रममा वडा न .२२ का अध्यक्ष ग्यसुदीन मिया, समाजवादी पार्टीका क्षेत्रीय सचिव राधाकिशन रौनियार, नगर उपाध्य्क्ष सेख रुस्तम, वडा न.२१ का एकाई अध्यक्ष निरन्जन पटेल, नगर सदस्य भोज महतो, जवाहिर महतो, कृष्ण कुशवाहा, सर्वन पटेल, रञ्जन पटेल लगायत युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता सुभाष साहका...

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...