Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

इप्रका पाेखरिया मदिरा नियन्त्रण अभियानमा

spot_img
spot_img

वीरगंज । ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका प्रहरीले मदिरा नियन्त्रण अभियानमा जुटेको छ । सोही क्रममा २ ठाउँमा रक्सीभटठी नष्ट गरेको छ भने एक ठाउँबाट तयारी मदिरा नियन्तत्रणमा लिएको छ ।

प्रहरीचौकी प्रसौनीभाटठाले बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाटठामा रहेको रक्सी भटठी नष्ट गर्नुका साथै १ सय ६० लीटर कच्चा मदिरा र ५५ लीटर तयारी मदिरा नष्ट गरेको छ । साथै भाडाकुडा, सरसमान, मदिरा बनाउने मसिन समेत तोडफोड गरी नष्ट गरेको छ ।

यता पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ धोबियाटोलामा रहेको रक्सीभटठी नष्ट गर्नुका साथै ४ सय लिटर कच्चा मदिरा र ५५ लीटर तैयारी मदिरा नष्ट गरेको छ भने भाडाकुडा, मसिन र सरसमानहरु समेत फुटाएको छ ।

यसैगरी धोबिनी गाउँपालिकाको लंगडी बजारबाट गएराती ४५ लीटर तयारी मदिरा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताउनु भयाे । प्रहरी निरिक्षक सिंहका अनुसार मदिरा नियन्त्रण हुदा अपराध नियन्त्रण हुने भएकोले आफ्नो ईलाकामा मदिरालाई निषेधित गर्नमा जोड दिएको छु ।

आफनो ईलाकामा रहेको मदिरा भटठीहरु नष्ट गर्ने र अपराधलाई निर्मुल पार्ने सिंहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...