Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मुर्लीमा सांसद यादवद्वारा विवाह भवनको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका छन् ।

पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुने भवनकाे एक कार्यक्रमका विच आज सांसद यादवले शिलान्यास गरेका हुन । संसदीय कोषबाट रु २५ लाखको लागतमा विवाह भवन निर्माण हुने सांसद यादवका स्वकिय सचिव निखिल बर्णवालले वताए ।

पर्सा क्षेत्र नं. १ को वीरगंज महानगरपालिका वडा नं. १२ मा पर्ने मूर्ली गाउँका विभिन्न समुदायको विवाह, समाजिक कार्यक्रम लगायत गरिब, निमुखाहरुले पनि खुसियालीका साथ धुमधामसंग विवाह गर्न सजिलो हुने सांसद यादवले बताए । उनले समाजिक विकास गर्न सकिने सम्पूर्ण कार्यमा आफ्नो उत्साह जनक सहभागिता रहने गरी कार्य गरिने प्रतिबद्धता समेत जाहेर गरे ।

यसका साथै बिकाश निर्माणको कुनै कार्यमा कुनै किसिमको गल्ति नगरिने र सबै बिकाश कार्यको निगरानी गर्न सम्पूर्ण समाजको दायित्व भएको हुनाले विकास कार्यमा हाथेमालो गरि अगाडी बढ्न आग्रह गरे |

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महमद अन्सारी, वी.म.न.पा. वडा न.१२ का अध्यक्ष रामदरश कुशवाहा, नगरपालिका सदस्य रमेश साह कानु, सुराती देवी, निलम कुमारी कुशवाहा, समाजवादी पार्टीका जिल्ला सदस्य मुस्तकिम हवारी, नगर उपाध्यक्ष सेख रुस्तम, संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...