Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

लागु औषध ईन्जेक्सन सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत विहार राज्य पुर्वीचम्पारण मोतिहारी जिल्ला पलनवा थाना लौकरिया निवासी बर्ष २४ का विशाल कुमार, भारत विहार राज्य पुर्वीचम्पारण मोतिहारी जिल्ला रक्सौल थाना बाडापरेउवा गाउँ निवासी बर्ष २४ का राम विकास कुमार र जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा. वडा नं.६ बस्ने बर्ष ६० को उद्धव आचार्य रहेका छन् ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवाबाट BR05V5535 नम्बारकाे मोटरसाइकल चलाई आइरहेकाे अवस्थामा शनिबार सांझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशाल र रामलाई लागु औषध इन्जेक्सन सहित पक्राउ गरेकाे हाे ।

दुबै जनाले २ वटा प्लाष्टिकको ग्यालीन भित्र लुकाई छिपाई ल्याएको लागु औषध ईन्जेक्सन डाईजेपाम ४०० पिस, नुर्फिन ४०० पिस र फेनरगन ४०० पिस उद्धवलाई बिक्री वितरण गरी रहेको अवस्थाबाट फेला पारी सो लागु औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...