Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

परवानिपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको छ ।

संस्थाको दशौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ५ महिला सहित एक सय पाँच जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा जिउत साह, प्रेमचन्द्र साह सोनार, प्रमोद साह कानु, सफिक आलम, विजय साह, आनन्द यादव, प्रेमचन्द्र साह , मनिष रौनियार, शनि आलम लगायत रहेका छन् ।

यस्तै निशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले चेकजाँच गराएका छन । परवानीपुर बजारको हबिब मार्केटमा आयोजना भएको उक्त शिविरमा लिपनीमाल, परवानीपुर, कोईरीयाटोला, ताजपुर, रामपुर, बुनियाद, मुसहरी लगायतका एक दर्जन भन्दा बढि गाँउका महिला, पुरुष तथा बालबालिकाले चेकजाँच गराएको संस्थाका बिजय साहले जानकारी दिए ।

शिविरमा इन्डोक्राइनोलोजिट डा.राजिव यादव, बालरोग विशेषज्ञ डा. अतिन्द्र मिश्राले बिरामीहरुलाई चेकजाँच गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...