Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बिन्दवासनीमा पालिका स्तरीय आधारभुत परिक्षा शुरु

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासनी गाँउपालिकमा आज देखि पालिका स्तरीय आधारभुत कक्षा ८ को बार्षिक परिक्षा शुरु भएको छ ।

विश्वभरि कोरोना भाईरसको भयावह स्थितिलाई मध्यनजगर गर्दै शिक्षा मन्त्रालयले चैत्र ५ गते सम्म बिद्यालय स्तरीय परिक्षा सम्पन्न गर्ने जारी गरेको निर्देशन अनुसार परिक्षा शुरु गरिएको हो । पालिका अन्र्तगत रहेका १४ वटा सामुदायिक बिद्यालयहरुको कक्षा १ देखि ९ सम्मका परिक्षा संचालन गरिएको पालिकाका शिक्षा अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

यसैबिच गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले कक्षा ८ को परिक्षाको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा सभ्य र अनुशासित भई परिक्षा दिन बिद्यार्थीहरुलाई आग्रह गुर्नभयो । उहाँले राधाकृष्ण चौरसिया मा.बि बहुअर्वाभाठा, नेपाल स्काउट नि.मा.बि ईटियाही र रामपृत रामस्वरुप चौरसिया मा.बि झौवा बिद्यालयहरुमा अनुगमन गर्नुभएको थियो ।

अनुगमनको क्रममा बहुअर्वाभाठा बिद्यालयमा कक्षा ८ मा ८९ जना, ईटियाही बिद्यालयमा २९ र झौवा बिद्यालयमा १३२ जना बिद्यार्थीहरुले परिक्षा दिईरहेको शिक्षा अधिकृत कपिल लामिछानेले जानकारी दिनुभयो ।

परिक्षा चैत्र ५ गते सम्म संचाल्न हुने शिक्षा अधिकृत लामिछानेले बताउनुभयो । अनुगमनको क्रममा बिद्यालयको समस्या र समाधानका उपायका बारेमा शिक्षकहरु संग छलफल भएको प्रमुख कानुले बताउनुभयो । उहाँले बिद्यालयमा देखिएका समस्याहरु तत्काल समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अनुगमनको क्रममा निमित प्रमुख प्रशासकिय अधिकृत मुना साह रौनियारले बिद्यालयलाई व्यवस्थित गर्न आफु सक्दो सहयोग गर्ने बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...