Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

सरकारले कोरोना सम्बन्धि तथ्याङ्क लुकायो : सांसद यादव

spot_img
spot_img

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको आरोप लगाएका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको भन्दै दु:ख व्यक्त गरे । उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत लगाए ।

‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ?’ भारत सरकार भारतले विदेशबाट आउने सबै आगन्तुकको भिसा अप्रिल १५ सम्मका लागि स्थगित गरेको कुरालाई उदृत गर्दै उनले भने, ‘भारतले कोरोना संक्रमणलाई मध्येनजर गर्दै सबै देशबाट आउने आगन्तुकको भिसा स्थगित गरेको छ तर नेपाल सरकारले लापरवाही गरिरहेको छ, नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई कोरोना नभएको प्रमाणपत्रको आधारमा मात्र प्रवेश मिल्छ ।

‘ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिए पनि बाहिर नभनिएको आशंका समेत व्यक्त गरेका छन् । ‘वास्तविकता के हो,’ उनले प्रश्न गरे, ‘के सरकारले जानकारी दिनु पर्दैन ?’

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले कोरोना भाइरस संग लड्न एउटा विशेष प्लान ल्याउनु पर्ने सझाव दिए । उनले नेपालको हरेक जिल्लामा सरकारले विशेष चितिक्सकको टोलि सहित हेल्प डेस्क राख्न माग समेत गरे ।

अर्को प्रसंगमा बोल्दै उनले विश्वबजारमा पेट्रोलियम लगयात अन्य कच्चा पदार्थको मुल्य घटे पनि नेपाल सरकारले मुल्य समायोजन नगर्ने कारण सोध्दै, तत्काल पेट्रोलियम पदार्थको मुल्य घटाउन माग गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...