Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नेकपा जिल्ला सदस्य कानुकाे अन्त्येष्टि (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका जिल्ला कमिटी सदस्य माेहन साह कानुकाे आज अन्त्येष्टि गरिएकाे छ । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी कानुको गाउँ कै आर्य घाटमा सनातन धर्म अनुसार अन्त्येष्टि गरिएकाे हाे ।

कानुका जेठाे छाेरा कृष्णा साह कानुले बुवालाई दागबती दिएका थिए भने अन्त्येष्टिमा सयाैंकाे सहभागिता रहेकाे थियाे ।

त्यस अघि कानुकाे पार्थिव शरिरमा पार्टीकाे झन्डा ओढाएर नेताहरुले अन्तिम विदाई गरेका थिए । नेकपा केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, योगेन्द्र साह, जिल्ला कमिटी सदस्य बलिराम साह, गाउँपालिका संयाेजक शम्भु पाल, पूर्व सांसद फुलझरी देवीले संयुक्त रुपमा कानुकाे पार्थिव शरिरमा पार्टीकाे झन्डा ओढाएर श्रद्धान्जली अर्पण गर्दै अन्तिम विदाई गरेका थिए ।

कानु प्रति श्रद्धान्जली अर्पण गर्दै नेताहरुले पार्टीले एउटा कुशल र इमन्दार नेता गुमाएकाे वताए । कानुकाे निधनले पार्टी पंक्तीमा अपूर्णिय क्षती पुगेकाे अन्त्येष्टिमा सहभागि नेकपा पर्सा जिल्ला कमिटी सदस्य प्रभाकर गुप्ताले वताए ।

६० बर्षिय कानुकाे फाल्गुन २८ गते बुधबार बिहान असमायिक निधन भएकाे थियाे ।

विहान ५:३० बजे मर्निङ्ग वालकमा निस्केेेका कानु गाउँ बाहिरको खेतमा लडेर अचेत भएका थिए । एक घण्टा पछि घरमा उनी नफर्के पछि खोजतलाश गर्दा कानु गाउँ बाहिर रहेको खेतमा फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेको उनलाई एम्बुलेन्स मार्फत वीरगंज हेल्थ केयरमा लग्दा अस्पतालले मृत घोषण गरेको थियाे ।

माओबादी पृष्ठभुमिका नेता कानु हर्ट राेगका बिरामी थिए । कानु कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी स्थित रहेको श्री रामजानकी प्राबिका संस्थापक अध्यक्ष थिए भने हाल पनि विद्यालय ब्यस्थापन समिती अध्यक्ष रहेका थिए ।

उनकाे असमायिक निधनले गाउँ नै शाेकमा डुबेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...