Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नेकपा जिल्ला सदस्य कानुको निधन

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला कमिटी सदस्य मोहन साह कानुको निधन भएको छ । कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ६० वर्षिय कानुको बुधबार विहान ६ बजे असमायिक निधन भएको हो ।

विहान ५:३० बजे मोर्निङ्ग वालकमा निस्केेेका कानु गाउँ बाहिरको खेतमा लडेर अचेत भएका थिए । एक घण्टा पछि घरमा उनी नफर्के पछि खोजतलाश गर्दा कानु गाउँ बाहिर रहेको खेतमा फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेको उनलाई एम्बुलेन्स मार्फत वीरगंज हेल्थ केयरमा लग्दा अस्पतालले मृत घोषण गरेको उनको आफन्तजनले जनाएका छन् ।

माओबादी पृष्ठभुमिका नेता कानु हार्डको बिरामी थिए । कानु कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी स्थित रहेको श्री रामजानकी प्राबिका विद्यालय ब्यस्थापन समिती अध्यक्ष समेत रहेका थिए । उनको निधनले नेकपा कालिकामाईमा ठूलो क्षति पुगेको नेकपाका नेताहरुले वताएका छन् ।

उनको अन्त्येष्टि भोलि बिहीवार विहान निजि निवास भेडिहारीको आर्य घाटमा गरिने वताईएको छ । उनका दुइटा छोरा भारतमा भएकाले आउन समय लाग्ने भएकाले बिहिबार अन्त्येष्टि गरिने आफनतजनले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...