Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पोखरियामा डिजे बजाउने क्रममा झडप, ४ जना घाइते

spot_img
spot_img

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं. ४ पोखरियामा आज होलि मनाउने क्रममा दुई पक्ष बिच झडप हुदा ४ जना घाइते भएका छ्न ।

गाउँमा घुमाएर डिजे बजाउने क्रममा दुई पक्ष बिच भएको झडपमा परि एक जना गम्भीर सहित ४ जना घाईते भएको प्रहरीले जनाएको छ । झडपमा राजेश चौहान, कमलेश राउत कमकर, गायत्री देबि कमकर र असमिता देबि घाईते भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले वताउनु भयो ।

घाईते मध्ये राजेशको अवस्था गम्भीर रहेको र उनको उपचार तराई अस्पताल वीरगंजमा भईरहेको छ । रजेशको सुरुमा पोखरिया अस्पतालमा प्राथमिक उपचार भएको थियो । उनको टाउकोमा १६ वटा टाका लागेको छ ।

यस्तै घाईते कमलेशको वीरगंज हेल्थ केयरमा उपचार भईरहेको छ भने घाइते दुई महिलाको उपचार पोखरिया अस्पतालमा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...