Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ग्रामिण क्षेत्रका किशोरीलाई प्याड बनाउन सिकाउँदै संस्कृति

spot_img
spot_img

वीरगञ्ज । महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा अँझै पनि ग्रामिण क्षेत्रमा खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना हुन सकेको छैन ।

महिनावारी तथा प्रजन स्वास्थ्यको विषयमा कक्षामा पढाई हुँदा समेत लजाउने, शिक्षक शिक्षिकाले पनि खुलेर पठनपाठन गराउन अप्ठेरो मान्ने लगायतका समस्याका कारण पर्सा जिल्लाका विभिन्न ग्रामिण भेगमा महिनावारी भएको छ कि छैन भनेर सोध्दा समेत किशोरीहरु नाजवाफ हुने गरेका छन् ।फलस्वरुप महिनावारी र प्रजनन स्वास्थ्यका विषयमा किशोरीहरुलाई सचेत गराउन, महिनावारी हुँदा के गर्ने के नगर्ने, प्याडको प्रयोग कसरी गर्ने, विसर्जन कसरी गर्ने लगायतका विषयमा आज पर्साको बहुदरामाई नगरपालिका वडा न. ७ विश्रामपुरमा प्रशिक्षण दिइएको छ ।

मलेशिया सरकारको युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित माई क्रप्स नामक संस्थाको सहयोग, सिर्जनशिल यृुवाहरुको समुह संस्कृति, अवारनेस ३६० र सामाजिक संस्था जिल्ला समन्व समितिको सहकार्यमा निशुल्क पुन प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड बनाउने बारे प्रशिक्षण दिइएको हो ।

तालिममा बहुदरामाई नगरपालिका वडा न. ७ र ९ का ६० जना छात्राहरुको सहभागिता रहेको थियो ।

मलेशियाबाट आएको टोलिले विगत २ महिना देखी सो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा विभिन्न खेलकुद सामाग्री, शैक्षिक सामाग्री वितरण, भवन निर्माण लगायतका विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

तालिममा अन्जु चौहान, सुष्मिता हमाल, सरीता खड्का, विवेक वरनवाल, आयुष पोखरेल, रोहित गुप्ता लगायतले प्रशिक्षण दिएको संस्कृतिका शसीकान्त सर्राफले बताउनुभयो ।

मलेशियाबाट आएका नूर अस्यकिन बिनती हिड्जिर, अहमद थाकिफ बिन कामदानी, सीती नादिया बिन्टी जकारिया, नोरिजान बिन मोहम्मद र शु जियान लिम लगायतले सहयोग गरेको संस्कृतिका किण गिरीले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...