Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजकाे लक्षुमणवामा सांसद यादवद्वारा धर्मशाला शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्षुमणवामा आज सांसद प्रदिप यादवले धर्मशाला शिलान्यास गरेका छन् ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा पर्ने लक्षुमणवामा संसदिय कोष अन्तर्गत स्थानिय पुर्वाधार बिकास साझेदारी कोषबाट निर्मित धर्मशालाको सांसद यादवले शिलन्यास गरेकाे उनका सवकिय सचिव निखिल बर्णवालले वताए ।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले सोमबार बिहान एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरी धर्मशालाको शिलन्यास गरेका हुन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २० लाखको लागतमा धर्मशाला निर्माण कार्यको शिलन्यास गरिएको हो ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादव धर्मशालाले समाजिक संस्कृति सम्बन्धलाई बलियो बनाउनमा टेवा पु¥याउने बताए । उनले समाजिक, धार्मिक, संस्कृति र ऐतिहासिक सम्बन्धलाई अझै प्रमाढ बनाउन धर्मशालाको धेरै नै महत्व रहेको विश्वास व्यक्त गरे ।

उनले धर्मशालाले विभिन्न बिबाह, महोत्सव, समाजिक तथा धार्मिक सांस्कृति कार्यक्रमको साथ साथै गरिब, विपन्न र दलित परिवारको बिबाहमा समेत खुशियाली प्रदान गर्न निकै ठुलो भूमिका हुने बताए ।

शिलान्यास कार्यक्रममा समाजवादी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वर यादव, जिल्ला सदस्य रमेश यादव, समाजवादी विधार्थी युनियन ठाकुर राम बहुमुखी क्याम्पसका अध्यक्ष हरिन्द्र साह लगायत स्थानीय वासीको बाक्लो उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...