Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

काेराेना भाइरसकाे भ्रम र यथार्थ विषयक बहस सम्पन्न

spot_img
spot_img

वीरगंज । करोना भाइरसको संक्रमणको जोखिम भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन ।

देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ प्रशारणमा बिज्ञहरुले यस्तो धारणा ब्यक्त गरेका हुन । कोरोना भाइरसको संत्रास बढेको अवस्थामा सामाजिक उत्तरदायित्वलाई मनन गर्दै टेलीभिजनले जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियाे ।

चिनबाट शुरु भएको प्राणघातक करोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि बीरगंज नाकामा हेल्थ डेस्कको स्थपना गरेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो । उहाँले करोनाको संक्रमणलाई रोक्न कुनै औषधी पत्ता नलागेको अवस्थामा आफ्नो आनी वानीमा परिर्वतन गर्न जोड दिनु भयो ।

उहाँले हातसंगको सम्पर्कलाई मात्र पनि नियन्त्रण गर्न सक्दा निकै फाइदा हुने बताउनु भयो । कारोना भाइरसको लाग्दैमा अत्तिनु नपर्ने बताउदै डा. अभिसेक सिंहले सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले कोरोना जीवाणु कपडामा ९ घण्टा र धातुमा १२ घण्टा र २० देखी २६ डिग्री तापक्रममा अलि बढी फैलीन सक्ने भएकोले सरसफाईमा जोड दिन अनुरोध गर्नु भयो ।

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजको नारयणी अस्पतालमा ६ बेड, नेशनल मेडिकल कलेजमा ५० बेड र नारायणी बयोधा अस्पतालमा ४ बेड आइसोलेशनका लागि ब्यवस्था गरिएको जानकारी गराउनु भयो । उहाँले सबैजना सचेत हुने सर्तकता अपनाउनु सकेमा संक्रमणबाट तर्सिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो ।

न्यूज २४ टेलीभिजनले संक्रमण फैलिएपछि चिन्ता गर्ने होइन की संक्रम फैलन नदिनका लागि चिन्तन गर्ने परिपाटीको बिकास गर्न कार्यक्रमको आयोजना गरेकाे केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनु भयो ।

नेपालको प्रमुख प्रवेशद्वार र्शकराचार्य गेटमा वीरगंज महानगरपालिकाले नेपाल भित्रने विदेशि पर्यटक र यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्कको स्थापना गरेको छ । वीरगंज महानगरपालिकाले हेल्थ डेस्कमा सेवा दिने ३ जना हेल्थ असिस्टेन्ट परिचालन गरेको छ ।

मकालु हाेटलमा आइतबार भएकाे कार्यक्रममा बीरगंजका राजनीतिक दलका नेताहरु, नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...