Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

मालपोत कार्यालय पर्सामा घुस नदिए काम हुँदैन

spot_img
spot_img

वीरगंज । मालपोत कार्यालय पर्सा अझै पनि भ्रष्टाचारको अखडाको रुपमा स्थापित रहे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको छ ।

मालपोत कार्यालय पर्सामा जग्गा खरिद बिक्री तथा रोक्का फुकुवा लगायतको काम लिएर जाने सेवाग्रहीले पियुनदेखि हाकिमसम्मलाई घुस नदिएसम्म काम अगाडि नबढ्ने प्रवृत्ती कायम रहे पनि सम्बध निकाय मौन रहेको पाइएको छ ।

मालपोत कार्यालयका कर्मचारी तथा हाकिमले समेत सेवाग्रहीबाट हाका हाकी घुस माग्ने गरेको दृष्य शुक्रवार प्रत्यक्ष रुपमा देखियो ।

राष्ट्रिय सहारा दैनिकका प्रकासक/सम्पादक चन्द्रभुषण साहले आफनो श्रीमतीको नाममा खरिद गरेको जग्गा नामसारीको लागि फागुन १९ गते सोमवार १०ः३० बजेको समयमा मालपोत कार्यालय पर्साको मोठ फटमा मोठ भिडाउन जाँदा त्यहा कार्यारत रोशन नाम गरेको कर्मचारीले रु ५ सय दिए आजै काम गर्ने नभए मंगलवार मात्र हुन्छ भनेर लाइनमा राखि दिए ।

त्यसपछी मंगलवार मात्र मोठ भिडाएर अन्य प्रक्रिया अगाडी बढे पछि जग्गा बिक्री गर्ने र खरिद गर्ने बीच पैसाको लेनदेनबारे सोधपुछ गरी नामसारीको प्रक्रिया पूरा गर्ने सुब्बा मुकेश पटेलले सोधपुछ गरी नामसारीमा सहमती अर्थात हस्ताक्षर गर्न रु १ हजार घुस मागे । उनलाई पनि तत्काल घुस नदिएपछि १ दिन अल्झाएर बुधवार अवेर मात्र हस्ताक्षर गरे ।

त्यसपछि राजस्व तिरेको भौचरसहित रसिद कटाउन जाँदा त्यहा पनि कर्मचारीले मागेको रु ५ सय घुस नदिदा एक दिन अल्झाएर बिहीवार अवेर मात्र रसिद काटेर दियो ।

रसिद काटेर लालपुर्जा बनाउन शुक्रवार जाँदा पुनः कर्मचारीहरुले तत्काल लालपुर्जा चाहिए रु १ हजार घुस दिनुपर्ने र कम्प्युटर एन्ट्रिको लागि छुट्टै रु ५ सय घुस दिनुपर्ने सर्त राखे ।

फाँटै पीच्छे मागेको घुस रकमबारे निमित कार्यालय प्रमुख सुमन झा समक्ष गुनासो गर्न जाँदा उनले समेत कर्मचारीहरु मेहनत गर्छन मजदुरी स्वरुप रकम दिनुपर्ने दावी गरे ।

यसरी हाकाहाकी सानादेखि ठूला ओहदाका कर्मचारीहरुले घुस माग गरेको सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीसँग गुनासो गर्दा उनले अब कार्यालय बन्द हुने बेला भएको छ कार्यालय खुले पछि उनिहरुलाई बोलाएर कुरा बुझेर आवस्यक कारवाही गर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...