Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

अवैध कुखुरा र माछा खाडलमा पुरेर नष्ट

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरियाले विभिन्न समयमा नियन्त्रण लिएकाे अवैध कुखुरा खाडलमा पुरेर नष्ट गरेकाे छ ।

इलाका प्रहरी कार्यालय प्रसाैनी भाठाकाे समेत सक्रियतामा बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झाैवाबाट वटा साइकल सहित एक क्वीन्टल २५ केजी (५० वटा) कुखुरा नियन्त्रणमा लिएकाे थियाे । यस्तै प्रहरी चाैकी आशवारीले धाेबिनी गाउँपालिका वडा नं. २ भिखमपुरबाट १७ वटा (४० केजी) कुखुरा र ४० केजी माछा नियन्त्रणमा लिएकाे थियाे ।

यस्तै इप्रका पाेखरिया र इप्रका प्रसाैनी भाठाकाे टाेलीले पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. २ मानिपुरबाट थप २८ वटा (७० केजी) कुखुरा नियन्त्रणमा लिएकाे थियाे ।

भारतबाट नेपाल भित्रयाइएकाे बरामद तथा नियन्त्रणमा लिइएकाे अवैध कुखुरा र माछा जेसिबिले खाडल खनेर क्वारेन्टाइन र पशुपंक्षी व्यवसायी संघकाे प्रतिनिधिकाे राेहबरमा खाडलमा गाडी नष्ट गरिएकाे इप्रका पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...