Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

चन्दा उठाउने दुई मजदुर नेतालाई मजदुरहरुले नै कालो मोसो दले

spot_img
spot_img

बीरगंज । मजुदर नेता रहेको दाबी गर्दै फागु पूर्णिमाको अवसरमा विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा चन्दा उठाउन पुगेका दुई मजदुर नेतालाई मजदुरहरुले नै कालो मोसो दल्नुकाे साथै जुत्ताको माला लगाई दिएका छन् ।

धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ धाेबिनी निवासी शम्भु पटेल र बीरगन्ज वडा नं. १८ निवासी टुनटुन तिवारीलाई मजदुरहरुले आज वीरगंजमा कालाे माेसाे दलेकाे भिडियाे समेत सार्वजनिक भएकाे छ ।

विगत लामो समयदेखि नै विभिन्न बहानामा चन्दा उठाउन सिपालु र चन्दा आतंक मच्चाउदै आएका पटेल र तिवारीलाई मजुदुरहरुले नै शुक्रबार मुखमा कालोमोसो दलेका हुन् । साथै, मजदुरको नाममा चन्दा उठाएको भन्दै आक्रोसित मजदुरहरुले उनीहरुलाई जुत्ताको माला पनि लगाई दिएका छन् ।

मजदुरहरुको नाममा चन्दा उठाउने उनीहरुको धन्दा नै भईसकेको एक मजुदर बताएका छन् । विगतमा पनि निजहरुलाई मजदुरहरुको मानमार्दन हुने गरी चन्दा संकलन नगर्न मजुदरहरुले सुझाव दिदैं आएका थिए ।

तर उनीहरुको व्यवहारमा परिवर्तन नआएपछि बाध्य भई मजदुरहरुले यस्तो कदम उठाएको बुझिएको छ । मजदुरहरुले कालोमोसो दल्ने क्रममा उनीहरुको बनाएकाे भिडियो समाजिक संजालमा भाइरल भएकाे हाे ।

यता मजदुर नेता तिवारीले मेराे माथी कसैले कालाे माेसाे नदलेकाे वताएका छन् । शम्भु माथी उद्याेग वाणिज्य संघमा वाेलाई एक समुहले माेबिल खसालेकाे वताउदै उनले साे समयमा आफु त्यहाँ नरहेकाे र आफु माथी कसलै केही नगरेकाे दाबी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...