Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सखुवा प्रसौनीमा आगलागी हुदा ३ वटा घर जल्यो

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा आज दिउँसो आगलागी भएको छ । बिधुत स्वर्ट भइ भएको आगलागीले ३ वटा घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले स्थानिय भरत राउत कमकर, रामायण ठाकुर र शिवबालक राउत कमकरको फुसको घर पुर्ण रुपले जलेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दिउँसो १:३० बजे भएको आगलागी एक घण्टा पछि पोखरिया नगरपालिकाबाट पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको ईप्रका पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले वताउनु भयो ।

प्रहरीका अनुसार आगलागीले भरतको घरमा रहेको धान, चामल, लत्ताकपडा, कुर्सी, साइकल लगायतका सामानहरु जल्दा एक लाख ५० हजारको क्षति भएको छ । यस्तै रामायणको धान, चामल, साइकल, बाख्राको पाठा, फर्निचर लगायतको सामान जलि एक लाख ५० हजारको र शिवबालकको घर, धान, चामल, लत्ताकपडा लगायतका सामान जलि एक लाख गरि जम्मा ४ लाख बराबरको क्षति भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...