38 C
Birgunj
16 April 2025
KALIKATIMES.COM

सखुवा प्रसौनीमा आगलागी हुदा ३ वटा घर जल्यो

फाइल तस्बिर

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा आज दिउँसो आगलागी भएको छ । बिधुत स्वर्ट भइ भएको आगलागीले ३ वटा घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले स्थानिय भरत राउत कमकर, रामायण ठाकुर र शिवबालक राउत कमकरको फुसको घर पुर्ण रुपले जलेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दिउँसो १:३० बजे भएको आगलागी एक घण्टा पछि पोखरिया नगरपालिकाबाट पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको ईप्रका पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले वताउनु भयो ।

प्रहरीका अनुसार आगलागीले भरतको घरमा रहेको धान, चामल, लत्ताकपडा, कुर्सी, साइकल लगायतका सामानहरु जल्दा एक लाख ५० हजारको क्षति भएको छ । यस्तै रामायणको धान, चामल, साइकल, बाख्राको पाठा, फर्निचर लगायतको सामान जलि एक लाख ५० हजारको र शिवबालकको घर, धान, चामल, लत्ताकपडा लगायतका सामान जलि एक लाख गरि जम्मा ४ लाख बराबरको क्षति भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:216. Generation time:4.951 sec. Memory consumption:82.52 mb