Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

इलाका प्रशासन सुपाैलीकाे होडिङ बोर्ड च्यातियाे, २ जना पक्राउ

spot_img
spot_img

जीराभवनी । पर्साको जिराभवानी गाउँपालिकाको वार्ड नम्बर ४ सुपौलीमा रहेको ईलाका प्रशासनको कर्यालयमा बिगत लामो समयदेखि कर्मचारीहरू अनुपस्थित रहेको भन्दै आज युवाहरुकाे एक समुहले कार्यालयको होडिङ बोर्ड च्यातेका छन ।

युवाहरुले बिगत एक महिना देखि नागरिक्ता बनाउन लागि ईलाका प्रशासन कार्यालयमा धाइरहेका थिए । ईलाका प्रशासनका कर्मचारीहरुले फोनमा भोलि पर्सि आउनु भनी ढाटी रहेकोले आक्रोशमा आएर होडिङ बोर्ड च्यातेको बताएका छन ।

होर्डिङ बोर्ड च्यातेको आरोप प्रहरी चौकी सुपौलीले दुइजनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका वार्ड नम्बर ५ का २२ वर्षका अजय महतो र १८ वर्षका शिवशंकर महतो रहेका छन । पक्राउ गरिएका दुबैजनालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले वताए ।

कर्मचारी बिगत लामो समय देखि कार्यालयमा अनुपस्थित रहेको सुपौली दैनिक आउने दर्जनौं सेवाग्राहीहरु काम नगराई रितै फर्किनु पर्ने बाध्यता रहेको छ । ईलाका प्रशासन सुपौली अन्तर्ग्त ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका पर्दछ । दिनहुुँ त्यहाका सेवाग्राहीहरु कार्यालयमा आउने र कर्मचारी नभएकोले रितै घर फर्किने गरेको स्थानीयले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...