Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईमा दादुरा रुबेला खाेप अभियान सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा  आज देखी दादुरा रुबेला खोप अभियान सुरु भएकाे छ । कालिकामाई गाउँपालिकाकाे सबै वडामा एक साथ दादुरा रुबेला अभियान सुरु भएकाे स्वास्थ्य चाैकी बिरन्चीबर्वाका प्रमुख निरन्जन चाैरसियाले वताए ।

दादुरा रुबेला अभियानकाे पहिलो दिन गाउँपालिकाकाे वडा नं. ५ बिरन्चिबार्वाकाे साविक वडा नं. १ (बलुवा) टोलबाट सुरु गरिएकाे उनले जानकारी गराए । अभियानकाे वडा अध्यक्ष पवन तिवारीले बालबालिकालाई खाेप खुवाई सुभारम्भ गरे ।

अभियान सुभारम्भ कार्यक्रममा गाउँपालिका स्वास्थ्य सह संयाेजक महेन्द्र चाैरसिया, स्वास्थ्य प्राविधिक बालजित साह, धिरेन्द्र कुमार रेवानी र रमेश महतो केवटको पनि सहभागि थिए ।

यस्तै वडा नं. २ भेडिहारीमा सुरु भएकाे दादुरा रुबेल अभियानकाे वडाध्यक्ष साेनालाल चाैरसियाले बालबालिकाहरुलाई खाेप खुवाई सुभारम्भ गरेका थिए ।

बिहिबार देखी सुरु भएकाे अभियान फागुन ३० गते सम्म जारी रहने गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र प्रसाद चाैरसियाले वताए । गाउँपालिका अन्तर्गतका ५ वटै वडामा २ समुहमा अभियान संचालन गरिएकाे उनले वताए ।

९ दिन सम्म संचालन हुने अभियानमा जन्मे देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउईने र ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...