Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

अवैध सामान सहित २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले अवैध सामान सहित २ जनालाई पक्राउ गरेकाे छ । लागु औषध व्युराे शाखा रजत जयन्ती चाेकले लागु औषध इन्जेक्सन सहित एक जना र अवैध चांदी सहित एक जना गरी दुई जनालाई बुधबार पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे मनियारी निवासी ३१ बर्षिय हिरालाल महताे लागु औषध इन्जेक्सन सहित पक्राउ परेकाे हुन् । वीरगंज १६ रजतजयन्ती चाेकमा चेक जांच गर्ने क्रममा महताेकाे साथबाट लागु औषध इन्जेक्सन डाइजेपाम ९० पिस, फेनारगन ९० पिस, नुर्फिन ९० पिस र निराभेट १० पता फेला परेकाेले नियन्त्रणमा लिइएकाे लागु औषध ब्युराे शाखा रजतजयन्तीका प्रहरी सहायक निरिक्षक पुष्कर केसीले वताए ।

यस्तै वीरगंजकाे गण्डक चाेकबाट अवैध चांदी सहित नुवाकाेट पंगर गाउँका ४४ बर्षिय राजु लामा भनिने टिक राम तमांङ्गलाई पक्राउ गरिएकाे उनले वताए । पक्राउ परेका थिङ्गकाे साथबाट चाँदीकाे बाला एक थान, चाँदीकाे औंठी एक थान बरामद भएकाे प्रहरी सहायक निरिक्षक केसीले वताए ।

पक्राउ परेका दुबै जनालाई अवैध सामान सहित जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...