Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जिराभवानीकाे राष्ट्रिय वनमा पाठे बाघ मृत फेला

spot_img
spot_img

जिराभवानी । पर्साको डिभिजन वन कार्यालय अन्तर्गत रहेको राष्ट्रिय वन क्षेत्रमा आज एक पाठे बाघ मृत अवस्थामा फेला परेको छन् ।

जिराभवानी गाउँपालिकामा रहेको सब डिभिजन वन कार्यालय बसन्तपुर देखि सात सय मिटर उत्तरमा पाठे बाघ मृत अवस्थामा फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले वताए । मृत भेटिएकाे बाघको प्रकृति हेर्दा बाघ बाघमा जुधेर मरेकाे हुन सक्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

घटना स्थलमा पन्चमुखी मध्यवर्ती उपभोक्ता समिति सुनाखरी मध्यवर्ती उपभोक्ता समितीका पदाधिकारी, डिभिजन वन कार्यालय बसन्तपुरको वन कर्मचारी, नेपाली सेना, निकुञ्ज प्रशासन पुगेकाे छ । स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा सर्जमिन मुचुल्का गरि सनाखत गर्ने प्रक्रिया भइरहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...