Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

ओबिसीद्वारा प्रदेश २ काे मुख्यमन्त्रि तथा मन्त्रि परिषद्को कर्यालय घेराउ

spot_img
spot_img

वीरगंज । नेपाल पिछडा बर्ग (ओबिसी) महासंघ प्रदेश नं. २ समितिको आहवानमा प्रदेश नं. २ को मुख्य मन्त्रि तथा मन्त्रि परिषद्को कर्यालय आज घेराउ गरिएकाे छ |

महासंघका प्रदेश संयोजक शिव कुमार साहको नेतृत्वमा गोपाल धर्मशाला जनकपुरबाट सुरु भएको जुलुस बिभिन्न नारा, झन्डा र बैनर लिएर  परिषदकाे कार्यालय पुगी ओबिसीका नेता तथा कर्याकर्ताहरुले घेराउ गरेको थिए | माघ २८ गते ओबिसेले १५ बुंदे ज्ञापन पत्र मन्त्री परिषदकाे कार्यालयलाई बुझाउदै १५ दिने अल्टिमेटम दिएकोमा सो अल्टिमेटम बितिसक्दा पनि कुनै वास्ता नगरिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको संयाेजक साहले बताए |

कार्यालय घेराउ कार्यक्रममा मुख्य मन्त्रि तथा मन्त्रि परिषद्को कर्यालय जनकपुरका उपसचिव धनश्याम जोशी र महासंघ पदाधिकारी बीच छलफल भई दुई दिन भित्रमा बर्तामा बोलाई जायज मांगहरु सम्बोधन गरि सहकार्यको बाटोमा आगाडी बढ्ने सहमतिमा आन्दोलन स्थगित भएको छ |

दुई दिन भित्रमा सम्झौता र सहकार्य नभए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरि शान्तिपूर्ण ढंगले आन्दोलन आगाडी बढाइने सह-संयोजक उमेश ठाकुरले बताए |

घेराउ कार्यक्रममा सुरेश ठाकुर, सुरेन्द्र महतो, अमृता देवी यादव, गीता देवी महतो, बबिता साह र धनिलाल ठाकुर लगायत आठै जिल्लाका ओबिसीका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो |

संघ सरकार संग भएकाे १५ बुंदे सम्झाैता कार्यन्वयनकाे माग गर्दै ओबिसि आन्दाेलित भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...