Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेपाली काँग्रेस एकजुट हुनुको बिकल्प छैन : अध्यक्ष बस्नेत

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्तेतले नेपाली काँग्रेस एकजुट हुनुको बिकल्प नरहेकाे बताउनु भएकाे छ ।

प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष बस्नेतले नेकपाको सरकार भ्रष्टाचारमा लिप्त भएकोले अब संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएको बताउनुभयो । स्थानिय, प्रादेशीक र केन्द्रिय सरकारले कर मात्रै बढाएर जनताको ढाड सेक्ने काम गरेको बस्नेतको आरोप छ ।

त्यसैगरी नेपाल विद्यार्थि संगठनका केन्द्रिय अध्यक्ष राजीब ढुंगानाले नेकपाको सरकारले गरेको क्रियाकलापदेखी आजित भएर बिप्लब तथा दक्षिणपन्थी तर्फ आकर्षित हुन सक्ने धारणा राख्नुुभयो । प्रधानमन्त्रि जनताको रक्षक हुनुको सट्टा भ्रष्टाचारीको रक्षक भएको आरोप समेत अध्यक्ष ढुंगानाले लगाउनुभयो ।

संविधानलाई कमजोर बनाउने तर्फ बर्तमान सरकार उन्मुख भएको बताउँदै उहाँले अबिधेशन पछि नेपाली कांग्रेसको गुटगत विवाद समाधान हुने बिश्वास पनि व्यक्त गर्नुभयो ।

प्रेस युनियन पर्साका उपाध्यक्ष बिजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदी, सचिव श्याम पटेल, पार्टीका वीरगञ्ज महानगर अध्यक्ष भोला कलवार, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, युवा नेता नविन सिंह, नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, तरुण दल पर्साका सचिव विवेक चाैरसिया लगायतको उपस्थिती रहेको थियाे भने नेविसंघ पर्साका निवर्तमान अध्यक्ष दिलिपराज कार्कीले कार्यक्रमकाे संचालन गर्नु भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...