Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिकामाईमा दादुरा रुवेला खोप सम्बन्धी अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा आज दादुरा रुवेला खोप अभियान सम्बन्धी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । गाउँ कार्यपालिकाकाे आयोजनामा स्वास्थ्यचौकी मुडलीमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँपालिका स्वास्थ्य संयोजक जोगिन्द्र प्रसाद चौरसियाको अध्यक्षतमा भएको कार्यक्रममा वडा नम्बर १ मुडलीका अध्यक्ष रामाशिष यादव, वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नम्बर ४ का निमित अध्यक्ष छोटेलाल चौरसिया लगायतकाले अभियानलाई सफल बनाउन प्रतिबद्धता जनाए ।

कालिकामाई गाउँपालिकामा फाल्गुन २२ गते देखी २९ गते सम्म वडा नं. १ देखी वडा नं. ५ सम्म २ वटा समुहमा दादुरा अभियान संचालन हुने स्वास्थ्य संयोजक चौरसियाले वताए । ७ दिन सम्म संचालन हुने अभियानमा जन्मे देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाईने र ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईने चौरसियाले जानकारी गराए ।

कार्यक्रममा जन्मे देखी ५ बर्ष मुनिका ४४ सय २९ जना बालबालिकाहरु गाउँपालिकामा रहेको तथ्याँक प्रस्तुती गरिएको थियो । गाउँपालिकाको वडा नं. १ मुडलीमा जन्मे देखी ५ बर्ष मुनीका बालबालिका १२ सय ५०, ९ महिना देखी ५ बर्ष मुनिका १ सय ८८ जना र २ बर्ष देखी ५ बर्ष मुनी ९ सय ५४ जना रहेका छन । वडा नं. २ मा जन्मे देखी ५ बर्ष मुनी ११ सय ५०, ९ महिना देखी ५ बर्ष मुनी १ सय ५३ जना र २ बर्ष देखी ५ बर्ष मुनी ६ सय ९१ जना छन ।

वडा नं. ३ मा जन्मे देखी ५ बर्ष मुनीका ७ सय १८ जना, ९ महिना देखी ५ बर्ष मुनी ७३ जना र २ बर्ष देखी ५ बर्ष मुनी ५ सय १२ जना रहेका छन् । वडा नं. ४ मा जन्मे देखी ५ बर्ष मुनीका ५ सय ९८ जना, ९ महिना देखी ५ बर्ष मुनी ३२ जना र २ बर्ष देखी ५ बर्ष मुनीका ३ सय ६६ जना रहेका छन ।

यसैगरी वडा नं. ५ मा जन्मे देखी ५ बर्ष मुनीका ७ सय २८ जना, ९ महिना देखी ५ बर्ष मुनीका १ सय ८ जना र २ बर्ष देखी ५ बर्ष मुनी ५ सय ६१ जना बालबालिका रहेकाे तथ्यांक प्रस्तुत गरिएकाे थियाे । यी सम्मपुर्ण बालबालिकाहरु खाेपबाट बन्चित नहाेस भने कार्यक्रमका सहभागि जनप्रतिनिधी, स्वास्थ्यकर्मी र समाजसेवीहरुले प्रतिवद्धता गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...