Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हृदेशकाे शव अझै पनि अस्पतालमा, परिवारजनले बुझ्न मानेन

spot_img
spot_img

वीरगंज । बाराको कलैयामा फागुन १५ गते फेला परेकाे शव अहिले सम्म पनि कलैया अस्पताल मै रहेकाे छ । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका ३० बर्षिय हृदेश शर्माको शव ३ दिन बितिसक्दा पनि परिवाजनले बुझन मानेका छैनन् ।

प्रहरीले आज सम्म शंकास्पद मृत्युको घटनाका दोषीलाई पक्राउ गर्न नसकेका कारण शव नबुझिएकाे मृतकका बुवा मुनिलाल ठाकुरले बताए । हृदेश चितवनकाे नारायणघाटमा पेन्टिंगको काम गर्दै आएको र अकस्मात बाराकाे कलैयामा शव फेला पर्नुले शंकास्पद मृत्यु भएका कारण दोषीलाई प्रहरीले पता नलगाउदा सम्म शव नबुझने मृतकका बुवा मुनिलाल ठाकुरले वताए ।

यता घटना बारे अनुसन्धान जारी रहेको र आज साझ सम्म निस्कर्षको नजिक पुग्न सकिने बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले वताए । उनले अहिले प्रहरी प्रारम्भिक अनुसन्धानकाे चरणमा रहेकाेले अनुसन्धान पुरा भए पछि मात्र मृत्यु के कसरी भएकाे हाे भने बारे वताउन सकिने वताए ।

अनुसन्धान कै लागि एक जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे प्रहरी स्राेतले जनाएको छ ।

शर्माको शव बिहिबार राती ११ बजे कलैयाको भरतचौकमा फेला परेकाे थियाे । चितवनमा बस्दै आएकाे मान्छेकाे शव कलैयामा भेटनुले घटना घटाउनमा कसै न कसैकाे हात हुनसक्ने मृतक हृदेशका दाई सुरेश ठाकुरले वताए । प्रहरीले गम्भिर भएर अनुसन्धान गर्‍याे भने अवश्य नै हत्यारा पता लाग्न सक्ने उनकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...