Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हृदेशकाे शव अझै पनि अस्पतालमा, परिवारजनले बुझ्न मानेन

spot_img
spot_img

वीरगंज । बाराको कलैयामा फागुन १५ गते फेला परेकाे शव अहिले सम्म पनि कलैया अस्पताल मै रहेकाे छ । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका ३० बर्षिय हृदेश शर्माको शव ३ दिन बितिसक्दा पनि परिवाजनले बुझन मानेका छैनन् ।

प्रहरीले आज सम्म शंकास्पद मृत्युको घटनाका दोषीलाई पक्राउ गर्न नसकेका कारण शव नबुझिएकाे मृतकका बुवा मुनिलाल ठाकुरले बताए । हृदेश चितवनकाे नारायणघाटमा पेन्टिंगको काम गर्दै आएको र अकस्मात बाराकाे कलैयामा शव फेला पर्नुले शंकास्पद मृत्यु भएका कारण दोषीलाई प्रहरीले पता नलगाउदा सम्म शव नबुझने मृतकका बुवा मुनिलाल ठाकुरले वताए ।

यता घटना बारे अनुसन्धान जारी रहेको र आज साझ सम्म निस्कर्षको नजिक पुग्न सकिने बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले वताए । उनले अहिले प्रहरी प्रारम्भिक अनुसन्धानकाे चरणमा रहेकाेले अनुसन्धान पुरा भए पछि मात्र मृत्यु के कसरी भएकाे हाे भने बारे वताउन सकिने वताए ।

अनुसन्धान कै लागि एक जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे प्रहरी स्राेतले जनाएको छ ।

शर्माको शव बिहिबार राती ११ बजे कलैयाको भरतचौकमा फेला परेकाे थियाे । चितवनमा बस्दै आएकाे मान्छेकाे शव कलैयामा भेटनुले घटना घटाउनमा कसै न कसैकाे हात हुनसक्ने मृतक हृदेशका दाई सुरेश ठाकुरले वताए । प्रहरीले गम्भिर भएर अनुसन्धान गर्‍याे भने अवश्य नै हत्यारा पता लाग्न सक्ने उनकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...