वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा आज दिउसाे आगलागी भएकाे छ । खाना बनाउने ग्यास लिक भएर स्थानिय जाेगिन्द्र महराकाे बरफ कारखानामा आगलागी भएकाे प्रहरी चाैकी महुवनका प्रहरी सहायक निरिक्षक बिसुनदेव यादवले वताए ।
आगलगीबाट बरफ कारखानामा रहेकाे नगद रु ५० हजार सहित लत्ता कपडा, बरफ बनाउने केमिकल, माेबाइल एउटा गरी रु एक लाख २० हजार बराबरकाे क्षति भएकाे उनले वताए । दिउसो २:३० बजे भएको आगलगीमा आधि खण्टा पछि प्रहरी र स्थानियकाे सहयाेगमा नियन्त्रणमा आएकाे थियाे
आगलगीबाट बरफ कारखाना रहेकाे घरमा खासै क्षति नपुगे पनि बरफ बनाउने मेसिनमा समेत क्षति पुगेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस