Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

माेटरसाइकल चाेरीकाे घटनामा वृद्धि, प्रहरीलाई टाउकाे दु:खाई

spot_img
spot_img

वीरगंज । वीरगंजमा माेटरसाइकलक चाेरीकाे घटनामा वृद्धि भएकाे छ । दिनहु वीरगंज बजार क्षेत्रबाट नै माेटसाइकल चाेरी भइरहे पिडितहरुले वताएका छन् ।

माेटरसाइकल चाेरीकाे घटनामा कमि नआउनु पर्सा प्रहरीकाे लागि टाउकाे दु:खाई भएकाे प्रहरी स्राेत वताउन्छन् । तर यता केहीले प्रहरी कै सलंगन्तामा माेटसाइकल चाेरी हुने गरेकाे आराेप समेत लगाउने गरेका छन्  । दिनहु जसाे माेटरसाइकल चाेरी हुनु र प्रहरी मुखदर्शक हुनुले प्रहरी कै सलंग्नता हुने गरेकाे अशंका उत्पन्न गरेकाे स्थानियकाे भनाई छ ।

विशेष गरेर न्याँ पल्सर, एफजेड, एपाची र साइन माेटरसाइकल चाेरी हुने गरेकाे पिडितहरु वताउँछन्  । दिउसै र सांझ मिनेट मै माेटसाइकल चाेरी हुनुले माेटरसाइकल चाेरकाे विगविगी रहेकाे बुझिन्छ । माेटरसाइकल चाेरी भए लगतै प्रहरीलाई खबर गर्दा पनि केही गर्न नसकेकाे पिडितहरुकाे गुनासाे छ ।

यसै विच शुक्रबार दिउसाे नै वीरगंज महाविरस्थानबाट पुन: एउटा नयाँ माेटरसाइकल चाेरी भएकाे छ । हिमालय बैंक अगाडीबाट राती ८:३० बजे वन टेस्ट पल्सर माेटसाइकल चाेरी भएकाे पिडितले वताएका छन् । प्रदेश २-०३-००७ पिए ६९१५ नम्बरकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका रविकान्त कुमार चौरसियाकाे कालो र राताे रंगकाे २ सय २० सिसिकाे नयाँ पल्सर माेटरसाइकल चाेरी भएकाे हाे ।

एक/दुई मिनेट मै माेटरसाइकल चाेरी भए लगतै प्रहरीलाई खबर गर्दा पनि प्रहरीले केही गर्न नसकेकाे पिडित चौरसियाले गुनासाे गरे । केही दिन पहिला मात्र चाैरसिया नयाँ माेटरसाइकल खरिद गरेका थिए भने चाेरी भएकाे साे माेटरसाइकलमा नम्बर समेत लेखाउन नसकेकाे अवस्था मै चाेरी भएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...