Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

रक्तदान, नि:शुल्क स्वास्थ्य शिबिर र सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । समाज परिवर्तन नेपाल संस्थाकाे आयाेजनामा आज रक्तदान, नि:शुल्क स्वास्थ्य शिबिर र समाजमा रहेका एकल महिलालाई सम्मान कार्यक्रम गरेकाे छ l

वीरगंज माहानगरपालिका वडा नं. २३ परसौनीमा भएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेकाे आयाेजक संस्थाका अध्यक्ष अखलेश साहले वताए । रोसन सरार्फ, राहुल साह, राकेश साह, लाबाबू यादव, सुनिल साह, शम्भु साह, राजेश यादव, अमित यादव, भाेला पटेल, रुपेश यादव, रितेश पटेल लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएकाे र नि:शुल्क औषधि समेत बितरण गरिएको संस्थाका राहुल साहले वताए l स्वास्थ्य परिक्षण गराउनेमा अधिकांस महिलाहरु रहेको उनले वताए l

यसै गरी कार्यक्रममा ९ जाना एकल महिलालाई लता कपड़ा दिएर सामान समेत गरिएको थियाे l संस्थाका अध्यक्ष साहले भिखइनिया हाजरा, राधिका दस, सुसीला देबी, गायत्री देबी, नेमा पसवांग, कलावती देबी गीत देबी, उसा देबी, कुहद्री देबीलाई लता, कपड़ा दिएर सामान गरिएको बताए l

संस्थाका अध्यक्ष साहको अध्यक्षता भएको कार्यक्रममा नेकपाको प्रदेश कमिटी सदस्य तेजप्रकास निषाद, बालगोपाल थापा, जिल्ला सदस्य सम्भु गुप्ता, तादुजिन अंसारी, मनेजर साह, लालबाबू यादव, पत्रकार राकेश साह, रंजित चौरसिया, उमेश कुशवाहा, बीरगंज महानागपालिका वडा न:-२३ का वडाध्यक्ष अवद्धकिशाेर कुशवाहा लगाएतको सहभागिता रहेको थियो l

कार्यक्रमको समापन नेकपाको केन्द्रीय सदस्य एवम् बीरगंज महानगर इंचार्ज दिनेश राय र संस्थाको अध्यक्ष साहले संयुक्त रुपमा गरेका थिए l

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...