Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

सांसद यादव र मेयर सरावगीद्वारा शहिदका सालिक शिलान्यास

spot_img
spot_img

वीरगंज । २०७२ सालको मधेश आन्दोलनमा शहिद भएका वीरहरुको सम्झनामा सांसद प्रदिप यादवद्वारा वीरगंजको घण्टाघरस्थित रहेको मधेशी सहिद पार्कमा सहिदको सालिक बन्ने भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको संसदीय कोषबाट रु २० लाख र वीरगंज महानगरपालिकाकाको तर्फबाट रु २० लाख गरी रु ४० लाखको संयूक्त लागतमा सहिद शालिक निर्माण हुन गईरहेको छ ।

समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर बिजय कुमारी सरावगीले आज (शुक्रबार) एक कार्यक्रमका बिच मधेशी सहिद पार्कस्थित विधिवत तरिकाले पूजापाठ गरी सहिद सालिक निर्माण स्थलको सिलन्यास गरेको हुन ।

सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले सदियौदेखी बिभेदमा परेका मेधशी, दलित, मुस्तिलम लगायत उत्पीडित समुदायको अधिकारको लागी वीर सहिदले दिएको बलिदानी मधेशको धर्तीमा सधै अमर रहेकोको बताए ।

‘‘राज्यको निकायमा मधेशीले पाएजतिको अधिकार पनि वीरहरुकै रक्त र बलिदानीको भएको बताउँदै बीर सहिदलाई मधेशको धर्तीमा सम्मान र सम्झनामा सहिद शालिक निर्माण गर्न लागिएको हो ।

उनले भने “मधेश अन्दोलनमा बीर सहिदले दिएको बलिदानी र आन्दोलनको मर्म अनुसार नै अहिले देशमा संघीयता आएको हो,‘ संघीयता, जनाधिकार र लोकतन्त्रको लागी सबैभन्दा बढि संघष गर्ने ठाउँ वीरगंज नै भएकोले पहिलो पटक वीरगंजमा सहिद सालिक निर्माण गरिने कार्यको शुभारम्भ गरिएको छ ।

अहिले पनि मधेशको सबै मुद्दा सम्बोधन नभएको बताउँदै उनले पटक पटक राज्यले मधेशको अधिकारप्रति बेइमानी गरेको आरोप लगाए ।

मधेश अधिकारको लागी संयौं युवाले बलिदानी दिए तर काठमान्डौंको चस्मा लगाएर हेर्ने एकल जातीका केही नेताले मधेशको मुद्दा समाधान नगरी सधै मधेशलाई गुलाम बनाएर राख्ने सोचको रहेको उनको भनाई छ ।

सिलन्यास कार्यक्रममा वीरगंज महानगरपालिका मेयर बिजय कुमार सरावगी, जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अंसारी, वीरगंज महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज कलावार, वडा नं. १२ का वडाध्यक्ष रामदरस कुश्वाहा,वडा नं. १३ का वडा अध्यक्ष तुफान फारुक अंसारी, समाजवादी वीरगंज महनगर कमिटि अध्यक्ष, इश्वरचन्द्र यादव, युवा नेता कुन्दन सिंह , गौरव वर्मा ,समाजवादी विधार्थी युनियन का जिल्ला अध्यक्ष एजाज़ बाबु रांकी, ठाकुर राम क्याम्पस का एकाई अध्यक्ष हरिन्द्र साह ,मुकेश दुवेदी लगायत संयौ युवा, समाजसेवी तथा बृद्धिजिवीहरुको सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...

रास्वपा धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल पटेल

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट...