Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

यातायात कार्यालय वीरगंजमा अख्तियारकाे छापा

spot_img
spot_img

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंज सवारी शाखामा बुधबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैडाकाे टाेलीले छापा हानेकाे छ ।

यातायातकाे सवारी फाँटमा अख्तियारकाे टाेलीलेे छापा हान्दै विभिन्न कागजपत्र चेकजाँच गर्नुकाे साथै कार्यालय प्रमुख विपिन कर्णसंग साेध पुछ गरेकाे हाे । प्रहरी निरिक्षकाे नेतृत्वमा ३ जना सहभागि रहेकाे अख्तियारकाे टाेलीले ३ घण्टा सम्म विभिन्न कागजपत्र देख्नुकाे साथै कार्यालय प्रमुख कर्ण संग साेधपुछ गरी फर्केका हुन् ।

अख्तियारमा यातायात कार्यालय विरुद्ध उजरी परे पछि अनुसन्धानकाे लागि टाेली पुगेकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैडाका प्रवक्ता शिवराज रेग्मीले वताए । उनले भने “अख्तियारमा उजरी परेकाे थियाे, साेही सम्बन्धमा अनुसन्धानकाे लागि टाेली पुगेकाे हाे । अहिले अख्तियार पारम्भिक अनुसन्धानकाे क्रममा रहेकाले केही भन्न नमिल्ने उनले वताए ।

सवारी नामसारीकाे लागि अनियमितता भएकाे केही संचार माध्यममा समाचार आए पछि र अख्तियारमा उजरी परेपछि अख्तियारकाे टाेली अनुसन्धानकाे लागि यातायात कार्यालय वीरगंज पुगेकाे थियाे । समाचार स्राेतका अनुसार विभिन्न माेटरसाइकल एजेन्सी मार्फत विक्री भएकाे सवारीकाे नामसारी एजेन्सीका दलालहरु मार्फत सवारीधनीहरुकाे विना उपस्थितीमा नामसारी गरी माेटाे रकम असुलीकाे समाचार बाहिर आएपछि अख्तियारले छानविन थालेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...