Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

ठगी आरोपमा समाजवादीका युवा नेता पक्राउ

spot_img
spot_img

वीरगन्ज । प्रहरी हिरासतमा रहेको अभियुक्तलाई छुटाई दिने भनि हजारौं रुपैयाँ ठगी गर्ने समाजवादी पार्टी नेपाल निकट स्थानीय युवा नेतालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले समाजवादीका युवा नेता तथा वीरगन्ज २ छपकैयाका महमद सम्साद अलीलाई ४० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

गत असोज २० गते वडा प्रहरी कार्यालय विर्ता वीरगन्जको टोलीले सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दाका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका २० बर्षिय सदाम हुसैनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रहरी हिरासतमा रहेका सदामलाई प्रहरीलाई नै पैसा दिई थुनाबाट मुक्त गराई छुटाई दिन्छु भनि सम्सादले उनका अभिभावकसंग नगद ४० हजार रुपैया ठगि गरेका थिए ।

अभियुक्तका आफन्तसंग ठगी गरेको आरोपमा सम्सादलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीको प्रकृया अगाडी बढाईएको पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...